दार्चुला, २१ बैशाख ।
अपि हिमाल गाउँपालिकामा नेपाली काग्रेसको प्रचारमा हिडेका काग्रेस कायकर्ता मृत भेटिएका छन् । अपि हिमाल गाउँपालिका वडा नम्बर २ लिथि घर भएका कलमसिह लोथ्याल अपि हिमाल गाउँपालिकाको वडा नम्बर ६ सितोलाको मज्जे भन्ने स्थानमा मृत भेटिएका हुन् ।
बैशाख १४ गतेदेखि सम्पर्क विहिन भएका लोथ्याललाई बुधबार प्रहरी चौकी खण्डेश्वरीबाट खटिएको टोलीले मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । लोथ्याल नेपाली काग्रेसको टिसर्ट लगाएकै अवस्थामा मृत भेटिएका छन् । उनि गत बैशाख १३ गते घरबाट प्रचार प्रसारमा हिडेका थिए ।
लोथ्यालका आमा गरुली लोथ्यालले छोराको खोजी गर्न माग गर्दै मंगलबार प्रहरी चौकी खण्डेश्वरीमा निवेदन दिएपछि खोजी शुरु भएको हो । सडक भन्दा दुई सय मिटर भित्र जंगलमा शब भेटिएका कारण उनको हत्या भएको अनुमान स्थानियले गरेका छन । घटनाबारे अनुसनधान सुरु गरिएको प्रहरीले जनाएको छ ।
निर्वाचनको प्रचारमा हिडेका काग्रेस कायकर्ता मृत फेला
0
Share.