This is a test

धनगढी वसपार्कको स्तरोन्नतीको काम अघि बढे्न

0

सिताराम ओझा, धनगढी कात्तिक २३ गते ।

सघन शहरीका योजनाहरु कार्यान्वयन भईरहँदा धनगढीको मुख्य वजारमा रहेको वसपार्कको स्तरोन्नतीको काम भने अगाडी वढ्न सकेको छैन । धनगढी उपमहानरपालिको लापरवाहीका कारण मुख्य वजारको वसपार्क खाली नहुँदा निर्माण कार्य सुरु हुन नसकेको हो ।

तर धनगढी उपमहानगरपालिकाले छिट्टै विकल्प खोजेर निर्माणको काम सुरु हुने व्यवस्था गरिरहेको जनाएको छ । चालु आर्थिक वर्षको असार मसान्तसम्मको समय सीमा सहित १ करोड ३५ लाखमा ठेक्का पाएको राजेन्द्र रुद्रावती जेभीले पाएको छ । धनगढी उपमहानगरपालिकाले वस पार्किङका लागि अन्यत्र व्यवस्था गर्न नसक्दा निर्माणको कार्य अगाडी वढाउन नसकेको निर्माण ब्यवसायी किशोर ठकुराठीले बताउनुभयो ।

एक पटक वसपार्कलाई सार्नका लागि हतारो गरेका उपमहानगरपालिकाले, त्यसपछि वास्ता नगर्दा वसहरु पार्किङको बैकल्पिक ब्यवस्था हुन सकेको छैन । निर्माण व्यवसायीले पटक पटक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयलाई मौखिक रुपमा धेरै पटक जानकारी गराई सकेका छन । तर असोजदेखि निर्माणको काम सुरु गर्ने योजना वनाएका निर्माण व्यवसायीले बसपार्क खाली नहुँदा निर्माण सुरु गर्न नसकेको बताएका छन ।
यता वसपार्क खाली गर्ने प्रयास भईरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका ईन्जिनियर सालिकराम उपाध्यायले बताउनुभयो । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाका लागि नेपाली काग्रेंसको तर्फवाट उम्मेदवार वन्नु भएकी डाक्टर आरजु राणा देउवासँग उपमहानगरपालिका छोडेर प्रचार प्रसारमा हिडीरहेका जन प्रतिनिधिहरुले वसपार्कको स्तरोन्नतीको काम अगाडी वढाउन पहल गरेका छैनन् ।

तर वसपार्क मर्मतका लागि सहजता गरिरहेको उपमहानगरपालिका मेयर नृप ओडले बताउनुभयो । पुरानो र अत्याधिक भिडका कारण अस्तव्यस्त वनेको धनगढी वसपार्क स्तरोनन्ती भएमा मुहार फेर्न सक्ने भएकोले यसको निर्माणका लागि सरोकारवाला तात्न आवश्यक छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved