This is a test

धनगढीमा अटो रिक्साहरु यात्रुबाट मनोमानी भाडा असुल्दै

0

दीपक जोशी, धनगढी २७ साउन ।

धनगढीमा असंख्य रुपमा भित्रिएका अटो रिक्साहरुले यात्रुहरुबाट मनोमानी भाडा असुल्न थालेका छन । अटो रिक्साका लागि बिभिन्न रुटमा भाडादर कायम भएको भएपनि चालकहरुले मनोमानी भाडा असुल्न थालेको नगरवासिले गुनासो गरेका हुन । धनगढीको मुख्य सडकमा तोकिएको भाडादरमा अलिकति तलमाथी भएपनि भित्रि गल्लीहरुमा भने निकै महंगो भाडा असुल्न थालेको गुनासो नगरवासिहरुले गरेका हुन ।

अटो रिक्साका कारण यात्रुलाई सहजता त भएको छ तर मनलाग्दो भाडा असुल्न थालेपछि यात्रुहरु ठगिन थालेका हुन । धनगढीमा संचालनमा रहेका अटो रिक्साहरुले एउटै रुटमा पनि फरक फरक दरले भाडा माग्ने गरेको स्थानीय जिवन धामीले बताउनुभयो । धनगढीमा अटो रिक्सा भित्रिएपछि नगर क्षेत्रका सबै रुटमा चढ्यो झरयो १० रुपैया भाडा थियो ।

त्यसपछि धनगढी उपमहानगरपालिकाले बिभिन्न रुटका लागि भाडादर तोकेको थियो । सुरुवातमा यात्रुले देख्ने गरी भाडादर टासेका अटो चालकहरुले अहिले त्यसलाई हटाएर मनपरी भाडा लिन थालेका छन । सामान्तया अटो चालकहरुले १० रुपैया भाडा तोकिएको ठाउमा पन्ध्र बिस रुपैया माग्ने गरेका छन भने मुख्य सडकभन्दा अलिकती पनि भित्रि सडकमा दोब्बर तेब्बर बढाएर भाडा माग्ने गरेका छन ।

पाईडल रिक्सालाई बिस्थापीत गर्दै नगरमा भित्रिएको अटो रिक्सामा यात्रा सहज र छरितो भएको भन्दै खुसी भएका नगरवासिहरु पछिल्लो समय मनलाग्दी महंगो भाडाका कारण समस्यामा परेका छन । तर बिद्य’तिय रिक्सा चालक मजदुर संघका अध्यक्ष मिनराज जोशीको भनाई यस्तो छ । भित्री रुटमा यात्रु नभेटिने भएकाले तोकेको भन्दा बढी भाडा लिने गरेको स्विकार गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved