This is a test

धनगढीकी प्रियंका बगालेको माध्यामिक शिक्षा परिक्षा एसईईमा ३.९५ अंक

0

दीपक जोशी, धनगढी ०२ आषाढ ।

शुक्रवार प्रकाशित माध्यामिक शिक्षा परिक्षा एसईईमा धनगढीको सिद्धार्थ शिशाु सदनकी छात्रा प्रियंका बगालेले कैलालीमा जिल्लामा सर्बाधिक ३.९५ अंक प्राप्त गरेकी छिन । बगालेले कैलाली जिल्लाकै सबैभन्दा बढी अंक प्राप्त गरेको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ । यस्तै कैलालीमा सामुदायीक बिद्यालय तर्फ ३ जना बिद्यार्थीले सर्बाधीक ३.७ अंक प्राप्त गरेका छन । सरस्वती माबि गेटाकी छात्रा गितान्जली कुमारी धामी, जनजागृती माबि फुलवारीकी छात्रा दिपिका सुबेदी र समैझी माबि मझगाउका छात्र रामबहादुर साउदले सर्बाधिक ३.७ अंक प्राप्त गरेको जिल्ला शिक्षा कार्यालय कैलालीले जनाएको छ ।

कैलाली जिल्लामा निजी तर्फ ३ हजार ९ सय ३१ र ११ हजार ६ सय ६१ जना विद्यार्थी उत्तिर्ण भएका छन् । कैलाली जिल्लामा ३ दशमलव ६ जिपीएमा एक सय ५७, ३ दशमलव २ देखी ३ दशमवल ६ सम्म ७ सय २०, २ दशमलव ८ देखी ३ दशमवल २ जिपीएसम्म एक हजार ३ सय ७५ जना विद्यार्थी उत्तिर्ण भएका छन् । यस्तै धनगढीको एरिष्टो बोर्डिङ स्कुलकी अर्निमा शाहीले ३.९० अंक प्राप्त गरेकी छिन । एरीष्टोबाट परिक्षा दिएका १ सय १६ मध्ये १० जना ए प्लस, ३३ जना ए र ४९ जना बी प्लसमा उतिर्ण भएका छन ।

यस्तै स्टेपिङ स्टोन बोर्डिङ स्कुलबाट चार जना बिद्यार्थीले ३.८५ अंक प्राप्त गरेका छन । स्टेपिङबाट ३३ जना ए प्लस, ६२ जना ए र ३९ जना बी प्लसमा उत्तिर्ण भएका प्रिन्सीपल रामजी हमालले जानकारी दिनुभयो । यता ऐश्वर्य बिद्या निकेतनका हरि नाथले पनि ३.८५ अंक प्राप्त गरेका छन ।

ऐश्वर्यबाट परिक्षा दिएका २ सय ९८ मध्ये २२ जना ए प्लस, ९१ जना ए, १ सय ३ जना बी प्लस र ६५ जना बी श्रेणीमा उत्तीर्ण भएका प्रीन्सीपल धर्मदेब भट्टले जानकारी दिनुभयो । यस्तै धनगढीको क्यास्पीयन एकेडेमीबाट ३ जना ए प्लस, ५ जना ए र ५ जना बी श्रेणीमा उत्तिर्ण भएका प्रिन्सीपल अनिल मिश्रले जानकारी दिनुभयो ।

यस्तै कैलाली विद्या निकेतन धनगढीमा पनि दुईजना ए प्लस, ११ जना ए, १७ वि प्लस र ४ जना वि ग्रेड उत्तीर्ण भएका छन । यस्तै एक्सीस विद्या आश्रमबाट ए मा १०, वि प्लसमा ७, वि मा ३, सि प्लसमा १ र सि मा २ जना उत्तिर्ण भएका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved