धनगढी, ०४ बैशाख ।
कैलालीका क्रियाशील पत्रकारहरुको भेलाले आईतवार मिडिया एलाइन्स गठन गरेको छ । पत्रकारहरुको क्षमता अभिवृदि गर्ने उद्देश्यले मिडिया एलाईन्सको गठन गरिएको छ । कैलालीका क्रियाशिल पत्रकारहरुको समुहले मिडिया एलाईन्सको स्थापना गरेको हो । मिडिया एलाईन्सको अध्यक्षमा हिक्मत रावललाई चयन गरिएको छ भने उपाध्यक्षमा दिपेन्द्र भट्ट, महा–सचिवमा हरी जोशी, सचिवमा दिपक जोशी र कोषाध्यक्षमा राम लखन चौधरी रहनुभएको छ ।
त्यस्तै, २५ जना सदस्य र ८ जनाको सल्लाहाकार समिति समेत गठन गरिएको एलाईन्सले जनाएको छ । मिडिया एलाईन्सका अध्यक्ष हिक्मत रावलले सञ्चारमाध्यममा जनशक्तिको अभावलाई मध्यनजर गर्दै एलाईन्स स्थापना गरिएको बताउनुभयो । उहाँले एलाईन्सले पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम, सेमिनार, गोष्ठी लगायतका कार्यक्रम गर्ने बताउनुभयो । साथै, पत्रकारीतालाई व्यावसायीक र मर्यादित पेशाको रुपमा विकसित गराउने समेत एलाईन्सको उद्देश्य रहेको बताईएको छ ।
धनगढीका क्रियाशील पत्रकारहरुद्वारा मिडिया एलाईन्स गठन
0
Share.