सीताराम ओझा, धनगढी ०९ आषाढ ।
असार १४ गते हुने दोस्रो चरणको स्थानीय तहको चुनावका लागि कर्मचारी र सामाग्री पठाउने क्रम सुरु भएको छ । ६ दिनको समय वाकी रहेको अवस्थामा बिहीवार पहिलो दिन पहाडी र कैलालीको पुर्वी क्षेत्रका लागि खटाईने कर्मचारीलाई आवश्यक सामाग्री हस्तान्तरणको काम सुरु भएको छ ।
उनीहरुले वुझेका सामाग्रीहरु जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने सुरक्षाकर्मीहरु सहित शुक्रवारदेखि कर्मचारीहरु सम्वन्धित क्षेत्रमा खटिनका लागि जानेछन । निर्वाचन आयोगले हरेक मतदान केन्द्रमा १० गते भीत्र कर्मचारी पुगिसक्ने निर्देशन गरे अनुसार १० गते साँझसम्म सवै कर्मचारी र सामाग्रीहरु मतदान केन्द्रमा पुगिसक्ने निर्वाचन कार्यालय कैलालीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनका लागि खटिन थालेका कर्मचारीहरु पनि लामो समयपछि हुन थालेको स्थानीय चुनावलाई लिएर उत्साहित भएका छन भने उनीहरुले निर्वाचनलाई शान्तिपुर्ण रुपमा सम्पन्न गर्ने बताएका छन । कैलालीका २३१ मतदान स्थलमा रहेको ४९० मतदान केन्द्रमा ४९० मतदान अधिकृत ४९० जना नै सहायक मतदान अधिकृत र चार÷पाच जना सहायक कर्मचारी गरी झण्डै ३ हजार कर्मचारीहरु चुनावमा खटिदैछन ।
कर्मचारी खटनपटन गराउने काम भईरहेको अवस्थामा स्थान र दुरी हेरेर उनीहरुलाई खटाईने वताईएको छ । निर्वाचनका लागि खटाईएका कर्मचारीहरु लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनलाई सफलता पुर्वक सम्पन्न गर्नका लागि तम्तयार रहेको वताउछन । कर्मचारीहरु सामाग्री सहित आफुलाई खटाईएको स्थानमा जानका लागि तयार भएपछि चुनावी रौनक पनि थपिएको छ ।
आफ्ना कार्यालयका कामकाजलाई थाती राख्दै निर्वाचनलाई सफल वनाउन दिईएको जिम्मेवारी पुरा गर्ने र यसले स्थानीय तहलाई नया ढंगले सञ्चालन गर्नका लागि मतद मिल्ने कर्मचारीहरुको विश्वास छ । निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालवाट मतपत्र, मतपेटीका, स्वस्तीक छाप जस्ता सामाग्रीहरु वुझ्दै उनीहरुले प्रहरी कार्यालयमा राखेका छन ।
विभिन्न स्थानहरुका सामाग्रीहरु सुरक्षा गर्दै शुक्रवारदेखि सम्वन्धित मतदान केन्द्रसम्म पुराईने मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता नारायणदत्त ओझाले बताउनुभयो । विहीवारदेखि सामाग्री वुझेका कर्मचारीहरु शुक्रवारदेखि कार्यक्षेत्रमा खटिन सुरु हुने र जिल्लाभरी शनिवार साझसम्म सुरक्षाकर्मी सहित कर्मचारीहरु पुगिसक्ने निर्वाचन कार्यालयले जनाएको छ ।
खटिएका कर्मचारीहरुले आइतबार, सोमबार र मंगलबार सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण गर्ने निर्वाचन कार्यालय कैलालीका निर्वाचन अधिकारी मोहन प्रसाद अर्यालले बताउनुभयो । सिहदरबारको अधिकार जनताको घरदैलोमा पुगाउन स्थानीय तहको निर्वाचन भईरहेको छ । निर्वाचन कार्यालय, सुरक्षा निकायको खटनपटन र दल तथा स्वतन्त्र उमेदवारहरुको प्रचार प्रसारले प्रदेश नम्बर ७ मा चुनावको रौनक झन थपिएको छ ।