This is a test

देशभरीकै चासो रहेको कञ्चनपुरको सीमा विवादको अन्त्य नगर्दै सर्भे टोली किन फर्कियो ?  (अडियो सुन्नुहोस) 

0

शिबराज भट्ट, धनगढी २८ जेठ ।

फाईल तस्वीर

कञ्चनपुरको आनन्दबजार आसपासको विवादिन सीमानाको सर्भे गरी, सिमा निर्धारण गर्न खटिएको नेपाल भारतको संयुक्त सर्भे टोली टन्टलापुर घाम लागेका बेला, बर्खा लाग्यो भन्दै सीमानाको काम नटुंग्याएरै फर्किएको छ । करिव २ महिना देखि सीमानाको सर्भे काम गरिरहेको संयुक्त टोली एकाएक शुक्रबार काम छोडेर फर्किएको हो ।

नेपालबाट नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्यको नेतृत्वमा, नापी अधिकृत काशीलाल चौधरी र सर्भेक्षक जनकराज जोशीको तीन सदस्यीय टोली दुई महिना देखि विवादित सीमा क्षेत्र आनन्द बजार आसपासमा खटिएको थियो ।

नयाँ पिलरको रंखांकन नगरेरै तथा पुराना पिलरको अवस्था पनि जस्ताको तस्तै छोडेर बर्खापछि काम गर्ने गरी संयुक्त टोली फर्किएको हो ।

तर नेपाल तर्फका टोली प्रमुख निर्मल आचार्यले भने असार ६ गते नेपाल र भारतका सर्भे विभागका अधिकारीहरुको सर्भेयर सर्विसेज कमिटिको बैठक परेको र यसपाली बर्खा लागेकाले फर्किनु परेको बताउनुभयो । सीमा विवादकै कारण आनन्द बजारका गोविन्द गौतमलाई भारतीय सुरक्षाकर्मीले गोली हान्दा उहाँको ज्यान गएको थियो ।
अडियो सुन्नुहोस:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved