दार्चुला २६ बैशाख ।
दार्चुला तिंकर सडक अन्तरगत २०७२ चैत्र १५ गते सम्झौता भएको दुइ वटा मोटर पूल निर्धारित समयमै नबन्ने भएका छन । लास्कु खोला र निजांगाड खोलामा निर्माणाधीन पूलहरु समयमै बन्न नसक्ने निर्माण व्यवसायीहरुले बताएका छन् । दुइवटै पूल निर्माणको सम्झौता २०७४ को असारमा सकिदैछ ।
बंगाबगडको लास्कुखोलामा तडबन्ध निर्माणमा ढिलाइ भइरहेको कारण पूल निर्माण गर्न समस्या भएको हो भने बंगाबगरको तडबन्ध निर्माण भइरहेको ठाउँमा मध्यान्ह सम्म पानीको सतह बढ्ने, तथा मजदुरको प्रयोग गर्न लागत बढ्ने गरेको कारण ढिलाइ भएको हो । लास्कु खोला पूल निर्माणको लागि राजेन्द्र देवसिह मालिकार्जुन जेभी र निजांग गाड पूल निर्माणका लागि राजेन्द्र मालिकार्जुन जेभी सँग सम्झौता भएको थियो ।