This is a test

दार्चुला जिल्लाका ७ ओटा सडकहरुलाइ अस्थाइ रुट परमिट दिने निर्णय

0

दार्चुला, १७ बैशाख ।
शनिबार बसेको यातायात ब्यबस्थापन समितिको बैठकले दार्चुला जिल्लामा रहेका ७ ओटा सडकहरुमा अस्थाई पर्मिट दिने र उक्त सडकहरुमा चल्ने सवारी साधनको भाडादर निर्धारण गरेको छ । यसअघि गत चैत्र १५ गते समितिको बैठकबाट गठन भएको प्राबिधिक समितिको प्रतिबेदनमाथी छलफल गरी सातओटै सडकहरुमा अस्थाइ अनुमति दिने निर्णय गरेको हो ।

 

दार्चुलाको बिटुले लटिनाथ पारीबगर, गोकुले देथला दल्लेख, बांगाबगड दल्लेख सडक, मर्तोला जौलजिबि उकु, बागांबगड श्रीबगड, श्रीबगड राताकाठा सडक र तिमुरपाटा गरमौरा गरी ७ ओटा कच्ची सडकमा रुट पर्मिट दिने निर्णय भएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी बाशु प्रशाद कोइरालाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved