This is a test

दार्चुला जिल्लाका राजनीतिक दलहरु उम्मेदवार छनौटमा व्यस्त

0

नरेन्द्र कार्की, ०९ चैत्र ।
सात गाउँपालिका र २ नगरपालिसंगै ६१ वडामा उम्मेदवार छनौट गर्न अहिले दार्चुलाका राजनीतिक दलहरु आन्तरिक गृहकार्यमा जुटेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा दुर्गम जिल्लाका राजनीतिक दलहरु चुनाव केन्द्रित भएर उम्मेदवार छनौटमा व्यस्त भएका हुन् । अधिकांश राजनीतिक दलहरुले एक अर्काको उम्मेदवार हेरी उम्मेदवार चयन गर्ने पक्षमा देखिएका छन् ।
सबै क्षेत्रमा लोकप्रिय र योग्य उम्मेदवार खोज्न सबै राजनीतिक दलहरु गृहकार्यमा छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र, राष्टिय प्रजातन्त्र पार्टी, जनमोर्चा, अखण्ड नेपाल लगायतका दलका नेताहरु ग्राम्रीण भेगमा दौडधुपमा लागेका छन् । दार्चुलामा खासगरी तीन वटै राजनीतिक दलहरुबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । स्थानीय तहमा दलगत भन्दा पनि व्यतिगत मत खस्ने भन्दै राजनीतिक दलहरु लोकप्रिय उम्मेदवारको खोजीगर्न थालेका हुन् ।
झण्डै दुई दशकसम्म जनप्रतिनिधिविहीन स्थानीय निकाय कर्मचारी तन्त्रले चलाउँदा भोग्नुपरेको सास्ती र विकास निर्माणमा भएका भागबन्डाले आजित नागरिकलाई निर्वाचन हुने हल्ला सँगै जनप्रतिनिधि छनौट गर्ने उत्साह जागेको छ । दार्चुला बाट ८ वटा दलले स्थानीय तहको निर्वाचनमा भाग लिदै छन ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved