This is a test

दार्चुलामा पीडित मैत्री सरकारी वकिल कार्यालय

0

दार्चुला, २७ बैशाख ।

जिल्ला सरकारी वकिल कार्यालय दार्चुलाले पहिलो पटक पीडित मैत्री सरकारी वकिल कार्यालय स्थापना गर्न थालेको छ । पीडितहरुलाई सहज होस भन्ने उद्देश्यले कार्यालय भित्रै पीडित मैत्री कोठाको स्थापना थालिएको हो ।

पीडित भएर वकिल कार्यालयसम्म पुग्नेहरुले सहज रुपमा आफ्ना पीडा राख्न सकुन र घरायसी वातावरणमा खुलेरै बोल्न सकुन भन्ने उद्देश्यले पीडित मैत्री कक्ष स्थापना गर्न लागिएको जिल्ला न्यायाधिवक्ता निरञ्जन स्थापितले बताउनुभयो । यस्तै सेवाग्राहीका लागि कार्यालयमा नागरीक बडापत्र समेत राखिएको छ ।

सेवाग्राहीहरुलाई कार्यालयले उपलब्ध गराउने सेवा, पेश गर्नुपर्ने कागजपत्रहरु, लाग्ने दस्तुर, समय लगायतका बारेमा वडा पत्रमा जानकारी राखिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले दिने न्यायिक सेवाका बारेमा नागरिकहरुलाई जानकारी नभएका कारण वडापत्र मार्फत जानकारी दिन लागिएको स्थापितको भनाई छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सरकारवादी मुद्धाका पीडितहरुलाइ निःशुल्क कानुनी सेवा दिने गरेको भएपनि चेतना अभावमा पीडितहरु कार्यालयसम्म पुग्न नसकेपछि वडा पत्रको धारणा ल्याइएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved