This is a test

डोटीमा मदीराको कारोबारमा पुर्ण रुपमा प्रतिबन्ध

0

कैलाश  कठायत, डोटी ०९ आषाढ ।

स्थानिय तहका लागि दोश्रो चरणको निर्बाचनलाइ मध्यनजर गदै शुक्रवार देखि डोटीमा पनि मदीराको कारोबारमा पुर्ण रुपमा प्रतिबन्ध लागेको छ । निर्बाचनको पाच दिन अगाडी देखि पाच दिन पछाडी सम्म डोटीमा मदीराको कारोबार ठप्प गर्ने सर्बपक्षिय सर्बदलीय बैठकको निर्णय अनुसार शुक्रवारदेखि डोटीमा पनि मदीराको बेचबिखन र सेबन मा प्रतिबन्ध लागेको हो ।

डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्ण प्रसाद शर्माले १४ गते हुने स्थानिय तहको निर्बाचनलाइ मध्यनजर गर्दै डोटीमा मदिराको बिक्रि बितरण र सेबनमा रोक लगाइएको बताउनुभयो । यदि कसैले मदिराको कारोबार र सेबन गरे हदै सम्मको कारबाहि गरीने उहाले जानकारी दिनुभयो ।

केहि दीन अघि बसेको राजनितिक दल, सुरक्षा निकाय, उद्योग बाणीज्य संघ, होटल ब्यबसायि संघको सर्बदलीय सर्बपक्षिय बैठकले डोटीमा असार ९ गते देखि मदीराको बिक्रि बितरण र सेवन पुर्ण रुपमा ठप्प गराउने निर्णय गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी शर्माले मदरीको बिक्रि बितरण र सेवनले निर्बाचनका बेला उच्छृङ्खल गतिबिधि हुन सक्ने सम्भावना लाई मध्यनजर गरी मदिराको कारोबार पुर्ण रुपमा ठप्प पारीएको जानकारी दिनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved