सन्तोष रावत धनगढी १४ जेठ ।
डिसिए अन्तर विद्यालय क्रिकेट प्रतियोगिता अन्र्तगत आईतवार भएका खेलहरुमा स्टोन ब्रिज बोर्डीङ स्कुल र कैलाली विद्या निकेतन विजयी भएका छन । आईतवार भएका खेलमा स्टोन ब्रिज बोर्डीङ स्कुलले थ्रिस्टार बोर्डीङ स्कुलल लाई ९ विकेटले र कैलाली विद्या निकेतनले धनगढी उच्च मावि लाई ३३ रनले पराजीत गरेको हो ।
आईतवार भएको पहिलो खेलमा टस जितेर व्याटिङ गरेको थ्रिस्टारले निर्धारीत २० ओभरमा ९ विकेटको क्षतीमा ८८ रन बनायो । उसका लागी सौरभ सिंहले २०, गौरभ सिंहले १२ र कुमार शाहाले ११ रन बनाए । ८९ रनको विजय लक्ष्य सहित मैदान उत्रेको टोन ब्रिजले १२.१ ओभरमा १ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । उसका लागी कप्तान सुवास थापाले अविजीत ४४ रन रन बनाए, भने सुरज चौधरीले १९ रन बनाए ।
त्यस्तै आईतवारै भएको दोस्रो खेलमा कैलाली विद्या निकेतनले धनगढी उच्च मावि लाई ३३ रनले पराजीत गरेको छ । टस जितेर पहिला व्याटिङ गरेको कैलाली विद्या निकेतनले निर्धारति २० ओभरमा ८ विकेटको क्षतीमा १ सय ११ रन बनायो ।
कैलालीका लागी पवन चौधरीले २०, भरत बुढा र डेविडले समान १४÷१४ रन बनाए भने, प्रकाश शहाले १० रन बनाए । १ सय १२ रनको विजय लक्ष्य सहित मैदान उत्रेको धनगढी उच्च मावि ७८ रनमा समेटीयो । धनगढी उच्च माविका अमन लामाले २२ रन र तेजीम खानले १३ रन बनाउनु बाहेक अन्यले उल्लेख्य प्रर्दशन गर्न सकेनन ।