This is a test

डायलसिस मेसिन जडानमा अस्पताल प्रशासन र व्यवस्थापन समितीको चरम लापरवाही

0

नवरान पनेरु, धनगढी साउन १३

चार महिना अगाडी आएका थप दुई वटा डायलसिस मेसिन जडानमा सेती अञ्चल अस्पतालको प्रशासन र व्यवस्थापन समितीको चरम लापरवाही देखीएको छ । अहिले २ वटा मेसीनबाट मात्रै डायलासीस भईरहेकोमा मृगौलाको रोगीको चाप देखेर स्वास्थ्य विभागले थप २ वटा डायलासीस मेसीन बैशाख महिनामै खरीद गरेर पठाएपनि अस्पताल प्रशासन र व्यवस्थापन समितीले जडान गरी सेवा सुचारु गर्नमा उदासीनता देखाएको हो ।

मेसीन जडान नभएर डायलासीसका लागी विरामीहरुलाई बर्षाै कुर्नुपर्ने बाध्यता छ तर अस्पताल प्रशासन र व्यवस्थापन समिती भने विभीन्न बाहना बनाएर पन्छिरहेको छ । अस्पताल व्यवस्थापन समितीका सदस्य रतन कठायतले त सिल नखोलीएरै थन्काईएका डायलासीस मेसिन जडान भएर सेवा सुचारु भईसकेको हास्यास्पद तर्क दिनु भएको छ ।

सेती अञ्चल अस्पताल व्यवस्थापन समितीका सदस्य रतन कठायत, थप २ वटा मेसीन जडान भएर सेवा सुचारु भईसकेको बताउदै आउनुभएको छ । तर विहीबार पनि दिनेश एफएमको टीम सेती अञ्चल अस्पताल पुग्दा डायलासीस मेसिनका सील खोलीएका छैनन । व्यवस्थापन समितीका सदस्यले नै अस्पतालको बारेमा दिएको हास्यास्पद प्रतिक्रियाले, उहाँको अस्पताल प्रतिको लगाव पुष्टि भएको छ ।

सेती अञ्चल अस्पतालका निमीत्त प्रमुख डाक्टर केसीलाई पनि डायलासिस जडानका बारेमा खासै चासो भएको देखिएन । डायलासीस मेसिनका सिल नै नखोलीको अवस्थामा डाक्टर केसीले पनि जडान अन्तिम चरणमा पुगेको दाबी गर्नुभयो । सप्लायर्स कम्पनीबाट ईन्जीनियर आएर मात्रै डायलासीसका थप २ वटा मेसीन जडान कार्य हुनेछन । कम्पनीका ईन्जीनियर अहिले सम्म धनगढीमा पुग्नु भएको छैन भने जडानका लागी अहिले वायरीङ र प्लम्वीङको काम मात्रै भईरहेको अस्पतालका बायोमेडीकल टेक्नीसियन अरुण पनेरुले बताउनुभयो ।
सिल नै नखोलीएको मेसीन जडान भईसकेको भन्दै जगहसाई गरीरहेको अस्पताल व्यवस्थापन समिती र काठमाडौमा रहेका  ईन्जीनियर धनगढी आएर जडान गरीरहेको गलत प्रचार गरेको अस्पताल प्रशासनले बैशाखमै आएका मेसीन जडान नगरेपछि आफ्नो कमजोरी लुकाईरहेको छ । अस्पतालले मेसीन जडानका लागी आन्तरीक तयारी नगरेपछि मेसिन सप्लाई गरेको कम्पनीका ईन्जीनियर एक पटक आएर फर्कीसक्नु भएको छ ।

मृगौला विरामीको ठुलो चाप रहेको प्रदेश नम्वर ७ को रेफरल अस्पताल सेती अञ्चल अस्पतालमा पालो नपाएर डायलासीस गर्नबाट थुप्रै विरामी बञ्चीत भएका छन् । तर सरकारले पठाएका मेसीन पनि अस्पताल भने थन्काएर राखेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved