This is a test

टीकापुर बजारमा बिहीबार विभिन्न ४ स्थानमा ४ लाख बढी चोरी

0

दुर्गा देवकोटा, टीकापुर २३ आषाढ ।

कैलालकिो टीकापुर बजारमा बिहीबार राति फरक फरक ४ स्थानमा चोरी भएको छ । टीकापुरको जानकी टे«ड एण्ड सप्लार्यस, न्यु प्रदिप जनरल स्टोर, त्रिशक्ति इन्टरप्राइजेज र  वर्दादेवी सुट एण्ड साडी क्लेक्सनमा चोरी भएको हो ।

जानकी टे«ड एण्ड सप्लार्यसबाट दुई लाख ५० हजार नगद, वर्दादेवीबाट ९५ हजार नगद सहित केहि सामान, न्यु प्रदिपबाट २६ हजार नगद र त्रिशक्तिबाट ३५ हजार बराबरको चोरी भएको इलाका प्रहरी कार्यलय टीकापुरले जनाएको छ ।

यामाहा मोटरसाइकलको शोरुम रहेको जानकी टे«ड एण्ड सप्लार्यसको सटर, काउन्टर गरि ८ ठाउँको ताला तोडेर चोरी भएको संचालक अनिल रावलले बताउनुभयो । नगरपालिकाको भवनमा रहेको पसलको सटरको तालो तोडेर चोरी भएको वर्दादेवीका संचालनक वृख बहादुर खड्काले बताउनुभयो ।

प्रदिप जनरल स्टोरका ग्यालरीको २ वटा काठको ढोका हुदै ¥याक फोडेर गल्लाको पैसा चोरी भएको प्रदिप कुमार खड्काले बताउनुभयो ।  इलाका प्रहरी कार्यलय टीकापुरका प्रमुख डीएसपी सुदिप पाठकले एकै दिनमा धेरै स्थानमा चोरी हुनु योजनागत रहेको हुन सक्ने र चोरीमा कुनै व्यक्ति मात्र नभई समुह नै संलग्न हुने सक्ने भन्दै अनुसन्धान भैरहेको बताउनुभयो  ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved