This is a test

जानकी गाउपालिका र भजनीमा स्वास्थ्य शिविर

0

दुर्गा देवकोटा, टिकापुर ७ भदौ ।

वाढी पिडीतहरुका लागि कैलालीको जानकी गाउपालिका ४ वेलपुरमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ओसोधारा साधना केन्द्र टीकापुरको आयोजना तथा टीकापुर बहुमुखी क्याम्पस जनसम्पर्क उपसमिति, जानकी गाउपालिका वडा नम्बर ४ र ७, नेपाल रेडक्रस सोसाईटी टीकापुरको सहयोग र साथी अस्पताल प्राली टीकापुरको प्राविधिक सहयोगमा स्वास्थ्य शिविरको आयोजना गरीएको हो । स्वास्थ्य शिविरबाट ३ सय ७५ जनाले सेवा लिएका छन् ।

शिविरमा घाउ खटीरा भएका, झाडापखाला लागेका, टाउको दुख्ने बिरामीहरु बढी आएका उपचारमा संलग्न डाक्टर कुसल थापाले बताउनु भयो । यस्तै भजनी ८ सोनाफाटामा पनि घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरीएको छ ।

रोटरीक्लव धनगढीको संयोजन र सुदुरपश्चिम प्रहरी अस्पताल दिपायल, चिकित्सक संघ शाखा धनगढी, औषधी व्यवसायी संघ धनगढी, दैवि प्रकोप उद्धार समिति कैलाली, भजनी र टीकापुर नगरपालिका, रेडक्रस कैलाली, गेटा आखा अस्पतालको सहयोगमा घुम्ती स्वास्थ्य शिविर गरीएको हो । घुम्ती शिविरमा ७ सय ८८ जनाले सेवा लिएको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved