दुर्गा देवकोटा, टीकापुर पुस २० गते ।
कैलालीको जानकी गाउपालिकाको वडा नं. ९ जुवातास निषेधित क्षेत्र घोषणा गरिएको छ । बुधवार एक कार्यक्रमका बिच वडा लाई जुवातास निषेधित क्षेत्र घोषणा गरिएको हो । वडा अध्यक्ष खकेन्द्र भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति प्रदेश सभा सदस्य रतनबहादुर थापा रहनुभएको थियो । कार्यक्रममा जुवातास खेलेको भेटाएमा प्रतिब्यक्ति २ सय जरीवाना लिने निर्णय समेत गरिएको छ ।