This is a test

जन्मदिनमा अनाथलाई सहयोग

0

नवराज पनेरु, धनगढी ७ साउन ।

धनगढी उप–महानगरपालीका वडा नम्वर ४ की एक किशोरीले आफनो जन्मदिन अनाथ बालिकाहरुसंग मनाएकी छन् । वडा नम्वर ४ निवासी जाग्रीती भट्टले धनगढी उप–महानगरपालीका वडा नम्वर ५ तारानगरमा रहेको जनजाती कल्यण आश्रम आमाको मायाँ छात्रबासमा रहेका अनाथ वालकहरुसंग जन्मदिन मनाएकी हुन ।

भट्टले जन्मदिनमा गर्ने खर्च कटौती गरी अनाथ बालकहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेकी हुन । शनिवार एक कार्यक्रमको आयोजना गरी १३ बर्षीय भट्टले अनाथ बालकहरुलाई खाद्यान्न सामाग्री हस्तान्तरण गरेकी हुन् । जन्मदिनको अबसरमा अनाथ बालिकाहरुलाई सहयोग गर्न पाउदा आत्म सन्तुष्टी भएको भट्टको भनाई छ । हस्तान्तरण कार्यक्रममा भट्ट अध्ययनरथ विद्यालय एश्वर्या विद्या निकेतनका प्राचार्य धर्मदेव भट्टको पनि सहभागीता रहेको थियो ।

मुठीदानबाट सञ्चालन भईरहेको आमाको माँया छात्रबासमा १५ किलो दाल, एक कठ्ठा चिउरा र नमकनिहरु गरी झण्डै ४ हजार ५ सयको समान हस्तान्तरण गरीएको हो । आमको मायाँ छात्रबासमा २८ जना अनाथ बस्दै आएका छन् । जाग्रीती सगरमाथा टेलीभिजनका कैलाली संम्वावददाता दिपेन्द्र भट्टकी छोरी हुन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved