This is a test

जडिबुटि संकलनमा गएपछि गाँउनै सुनसान

0

प्रकाश सिंह, बाजुरा १८ असोज ।

बाजुराको हिमाली गाँउपालिकाको बिच्छँयाका गाँउहरु अहिले सुनसान बनेका छन् । दशै सकेलगतै हिमाली गाँउपालिका १, २ र ३ का स्थानिय सबै जडिबुटि संकलनमा गएपछि गाँउनै सुनसान बनेको स्थानिय मोतीलाल बुडथापाले वताएनुभयो । गाँउमा बच्चा र बुढापाकाहरु मात्र रहेका छन् अरु सबै जंगल तिर गएको मोतीलालले वताउनुभयो । गाँउमा बसोवास गर्ने १२ बर्ष देखी ७० बर्ष उमेर सम्मका सबै लेखका जंगलहरुमा जडिबुटि संकलनमा गएपछि अहिले गाँउनै सुनसान बनेको छ । विछ्याँबासीका लागि यो समय जडिबुटि संकलन गरेर बर्षभरीको कमाई गर्ने सिजन भएको हिमाली गाँउपालिका वडा नं ३ का बडा अध्यक्ष ध्याने रोकायाले वताउनुभयो । बर्षेनी करोडौको जडिबुटि संकलन हुने बिच्छँया गाबिसमा यो सिजनमा जटामसि, कटुको, लसुन, भुल्ते लगायतका जडिबुटि संकलन भइरहेका छन् । बिच्छँया जंगलमा अहिले तिन हजार भन्दा बढि स्थानिय, जडिबुटि संकलनका लागि गएका छन । उता हुम्ला, मुगु, कालिकोट र बझाङ जिल्ला बाट पनि बाजुराको बिच्छँयामा पर्ने जंगलमा आएका छन । जिल्ला वन कार्यलय बाट संकलनको लागि अनुमति लिने प्राबधान भएपनि सामुदायिक र राष्ट्रिय वनमा मनोमानी तरीकाले जडिबुटि संकलन भइरहेको छ । वनहरुमा निशुल्क रुपमा जडिबुटि संकलन भइरहेको जस्ले जति सक्यो र त्यहि अनुसार संकलन भइरहेको ठेकेदार पदम बहादुर शाहिले वताउनुभयो । बिच्छँया राज्यको पहुँच बाट निकै टाढा भएकाले पनि मनोमानी रुपमा जडिबुटि संकलन भइरहेको छ । प्रहरी चौकी बिच्छँया जंगलबाट तिन दिन टाढा हिमाली गाँउपालिकाको कवाडीमा रहेको छ । इलाका बन कार्यलय पनि चार दिनको दुरीमा हिमाली गाँउपालिकाको बाधुमा रहेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी निरिक्षक जगदिश भट्टका अनुसार भौगोलिक बिकटता भएकाले जडिबुटि संकलन मनोमानी भइरहेको स्वीकार गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved