सन्तोष रावत, धनगढी २० चैत्र ।
चुनावमा सय थरीका आश्वासन दिने र चुनाव जितीसकेपछि अनुहार समेत नदेखाउने परिपाटी नेपाली राजनितीमा व्याप्त छ । यहि परिपाटीबाट बर्षाैदेखी पिडीत भएका छन्, धनगढी उप–महानगपालीका वडा नम्वर २ का स्थानीय बासीन्दा । नेताहरुको यो शैलीबाट बर्षाैदेखी पिडीत बनेका वडा नम्वर २ का बासीन्दा, बैशाख ३१ को चुनावमा भने त्यो परिपाटीलाई तोड्ने प्रयासमा जुटेका छन् ।
वडा नम्वर २ का स्थानीय बासीन्दाले यसपालीको स्थानीय निर्वाचनमा मुखले बोल्ने भन्दा पनी काम गर्न सक्ने जागर भएका नेताहरुलाई भोट दिने तयारी गरेका छन् । वर्षाैदेखी बाढीबाट पिडीत उक्त टोलका स्थानीयले आश्वाससन मात्र देखाउने तर काम केही नर्गर्ने नेतालाई चिनीसकेको बताएका छन् । मुखले बोल्ने भन्दा पनी काम गर्ने नेतालाई स्थानीय निर्वाचनमा भोट दिने उनिहरुको प्रतिक्रीया छ ।
चुनावका बेला मात्र भोट माग्न आउने तर जितेर गईसके पछी गाउ ठाउका सम्स्या समाधान गर्न नआउने नेता लाई यसपालीको निर्वाचनमा भोट नदीने उनीहरुले बताएका छन । बर्षाैदेखी मोहना नदीको कटान र बाढीबाट प्रभावीत हुदा सम्म कुनै पनि नेताहरुले वडा नम्वर २ का बासीन्दालाई सहयोग गरेका छैनन् । बाढी प्रभावितका लागी केही राहात आएपनी वडा नम्वर २ सम्म पुगेको छैन् ।
यसपाली पनी स्थानीय निर्वाचन नजिकीदै गर्दा नेताहरु गाउ गाउमा भोट माग्न आउने भएकाले आफ्ना समस्या समाधान गर्ने नेता लाई मात्र भोट दिने उक्त वडाका स्थानीयको भनाई छ । हुन त आफुलाई पर्दा मात्र अरुको सहायता माग्ने प्रबृती अहीले व्याप्त छ । चुनाव नजीकीदै गर्दा अब दलहरु जनतालाई रिझाउन गाउ पस्न थालीसकेका छन् । तर अब भने जनता जागुरुक भईसकेका छन ।
धनगढी, उपमहानगरपालीका भएको पनि डेढ वर्ष भन्दा वढी भईसकेको छ । तर अहीले सम्म नम्बर २ का कतिपय टोलमा स्वच्छ खानेपानीको व्यवस्था पनी हुन सकेको छैन । अहीले पनी हाते नल्काको पानी पिउन बध्य छन वडा नम्वर २ का स्थानीय बासीन्दा । त्यसैले अब आफ्नो स्वार्थ भन्दा पनी जनताको भलाई सोच्ने नेतालाई यसपालीको निवार्चनमा भोट दिने उनीहरुको भनाई छ ।