नरेन्द्र कार्की, दार्चुला ०७ आषाढ ।

दार्चुलाका ४ वटा स्थानीय तहमा अझै सञ्चार सेवा प्रभावकारी छैन । जिल्लाको अपि हिमाल गाउँपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र व्यास गाउँपालिकामा टेलिफोनले काम नगर्ने गरेको हो ।
यी क्षेत्रमा मोवाइल टावर स्थापना गरिएको भएपनि सोलारबाट सञ्चालन गर्नुपर्ने भएकाले, घाम नलागे काम नगर्ने गरेको स्थानीयले गुनासो गरेका छन् । यी क्षेत्रमा अहिले पनि निर्वाचनको गतिविधि लिन घाम लागेको समय कुर्नुपर्ने बाध्यता रहेको स्थानीय नरेन्द्र सिह ठगुन्नाले बताउनुभयो ।