काठमाण्डौ, १९ असोज ।
दशैंमा स्थगित भएको डा. गोविन्द केसीको १३ औं आमरण अनसन आजबाट फेरि सुरु गर्नुभएको छ । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरेर पास गर्न खोजिएको भन्दै डा. केसीले असोज ९ गतेदेखि आमरण अनसन थाल्नुभएको थियो । तर, दुई दिनपछि दशैंभरका लागि भन्दै उहाले फूलपातीका दिन अनसन स्थगित गर्नुभएको थियो । त्यसबेला नै उहाले स्थगित आमरण अनसन १९ गतेबाट सुरु गर्ने बताउनुभएको थियो ।सोही अनुसार डा. केसीले आजबाट आमरण अनसन सुरू गर्नुभएको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै केसी १२ पटकसम्म अनसन बसिसक्नुभएको छ ।
गोविन्द केसीले सुरु गरे १३ औं अनसन
0
Share.