This is a test

गोदावरी नगरपालिकामा मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा अज्ञात समुह द्धारा प्रेसर कुकुर बम प्रहार

0

अत्तरीया, ०९ आषाढ ।

फाईल फोटो

नेकपा माओवादी केन्द्रबाट गोदावरी नगरपालिकामा मेयरका उम्मेदवार गोकर्ण भट्टको घरमा शुक्रवार विहान अज्ञात समुहले प्रेसर कुकुर बम प्रहार गरेको छ ।

भट्टको अत्तरीया बजारमा रहेको घरमा आज विहान २ बजेर ४५ मिनटमा अज्ञात समूहले बम पट्काएको हो । भट्टको घरमा खासै क्षती भएको छैन भने अहिले सो क्षेत्रको सुरक्षा व्यवस्था कडा पारीएको जनाईएको छ । निर्वाचनको मुखमा अत्तरीया बजारमै रहेको भट्टको घरमा बम पट्काईएपछि सो क्षेत्रमा त्रास फैलीएको छ । मेयर पदका उम्मेदवार भट्टले भने निर्वाचन बिथोल्नका लागी यस्तो गरीएको बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved