
धनगढी, मंसिर १२ गते ।
दिनेश एफएमले सुरु गरेको गाई बचाउ अभियानमा स्वस्फुर्त रुपमा दाताहरुको संख्या बढीरहेको छ । अभियानका लागि सोमवार मात्रै २८ हजार तिन सय ७३ रकम संकलन भएको छ । गाई बचाउ अभियानलाई दिनेश एफएमका कर्मचारीले पनि सहयोग गरेका छन् । एफएमका कर्मचारीहरुले २१ हजार १ सय ७२ रकम गाई बचाउ अभियानलाई सहयोग गरेका हुन् ।
एफएमकी स्टेशन म्यानेजर अमिता कुँवरले १ हजार ५ सय, बजार व्यवस्थापक सञ्जीता कुँवरले १ हजार १ सय १, लेखापाल शिवराज अवस्थीतले ५ हजार ५ सय ५५, समाचार प्रमुख शिवराज भट्टले १ हजार एक सय, सहायक समाचार प्रमुख सिताराम ओझाले १ हजार १ रकम अभियानलाई सहयोग गरेका हुन् ।
यस्तै समाचार शाखामै कार्यरत दिपक जोशीले १ हजार १, नवराज पनेरुले १ हजार १, सन्तोष रावतले १ हजार १, प्रावीधीक प्रमुख रामदास रानाले ५ सय ५५, प्रावीधीक कल्पना सिहले ६ सय १, मुकेश धामीले ५ सय रकम अभियानलाई सहयोग गरेका छन् ।
यसैगरी एफएममा कार्यरत कार्यक्रम सञ्चालकहरु रोहीत गिरीले ५ सय, प्रीती नेपालीले ५ सय, राम कुमार चौधरीले ३ सय, राम प्रशाद रानाले ३ सय, चन्द्र थापाले १ हजार १ सय ५५, आषीमा चौधरी र रविना चौधरीले ३÷३ सय, नवराज धानुकले एक हजार, मोहनराज अवस्थीले १ हजार ५ सय र सुरक्षा गार्ड रमेश रानाले ५ सय रकम गाई बचाउ अभियानलाई सहयोग गरेका हुन् ।
यस्तै धनगढी विशालनगरका भोजराज पाठकले ५ हजार १ सय, धनगढी वडा नम्वर ३ की जानकी जोशीले १ हजार १ सय र हसनपुरमा रहेको दिया डेरी उद्योगले एक हजार १ रकम अभियानलाई सहयोग गर्नुभएको छ । यो संगै सोमवार सम्म एफएमले सुरु गरेको अभियानका लागि एक लाख ६५ हजार ८ सय ७४ रकम संकलन भएको छ ।