This is a test

गाई बचाउ अभियानका लागी मंगलवार सम्म एक लाख ८१ हजार ८ सय रकम जम्मा

0

नवराज पनेरु, धनगढी मंसिर १३ गते ।

दिनेश एफएमले सुरु गरेको गाई बचाउ अभियानमा मंगलवार पनि रकम संकलन भएको छ । गाई बचाउ अभियान अन्तरगत मंगलवार मात्रै १६ हजार ५ रकम संकलन भएको हो । एड्जस नेपाल कैलालीकी संयोजक समेत रहनुभएकी धनगढी उप–महानगरपालीका शिवनगरकी स्थानीय बासीन्दा चित्रा पनेरुले दिनेश एफएमको शिद्धार्थ बैंकको धनगढी शाखामा रहेको खातामा अभियानका लागी १० हजार सहयोग जमा गर्नुभएको छ । देवहरीया बन क्षेत्रमा रहेका गाईहरु मर्न थालेपछि पनेरुले केहि दिनसम्म आहार पनि पुगाउन भएको थियो ।

यस्तै शिवनगरकी अर्की स्थानीय बासीन्दा चन्द्रादेवी पनेरुले ५ हजार सहयोग गर्नुभएको छ भने धनगढी उप–महानगरपालीका वडा नम्वर १ पुरानो एयरपोर्ट पुर्वी टोलकी सपनादेवी बमले १ हजार ५ रकम गाई बचाउ अभियानका लागी सहयोग गर्नुभएको छ । यी दुबै महिलाले पनि बैंकमै गएर दिनेश एफएमको खातामा रकम जमा गर्नुभएको हो । यो संगै आजसम्म एफएमले सुरु गरेको अभियानका लागि एक लाख ८१ हजार ८ सय रकम संकलन भएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved