This is a test

खोलानाला अतिक्रमण हटाउन आफै अग्रसर स्थानिय

0

नवराज पनेरु, धनगढी ०१ जेठ ।

धनगढी उप–महानगरपालीकाले खोलानाला माथीको अतिक्रमण हटाउन नसकेका बेला वडा नम्वर १ का स्थानीय बासीन्दा भने उप–महानगरपालीकाको सामान्य सहयोगपछि आफै अतिक्रमण हटाउन जुटेका छन् । खोलानालाको अतिक्रमणले धनगढी डुवानको सिकार भईरहेको भन्दै उनीहरु आफै खोलनालाको अतिक्रमण हटाउन जुटेका हुन ।

आर्थिक वर्ष २०७२÷७३ को नगरपरिषदमै धनगढी डुवानको मुख्य समस्या खोलानाला अतिक्रमण भएको भन्दै परिषदले त्यो अतिक्रमण हटाउने निर्णय गरेको थियो । तर त्यो निर्णय नगरपालिकाको परिषद पुस्तिकामै सिमित भएपछि स्थानीय आफै जुर्मुराएका हुन । धनगढी उपमहानगरपालिका वडा नम्बर १, लक्ष्मीनगर र परिश्रम टोलका बासिन्दाले पहिलो चराणमा खोलामा थुप्रिएको फोहार र झाडिहरु सफा गरेका छन ।

सुदुरपश्चिमाञ्चल साहित्य समाज देखि जिल्ला प्रहरी कार्यालय सम्म ३० देखी ६० फिट फराकीलो खोला अतिक्रमण गरी ८ फिटको बनाईएपछि स्थानीय बासीन्दाले विगत ५ बर्षदेखी उप–महानगरपालीकालाई अतिक्रमण हटाईदिन माग गर्दै आएका थिए । यसपाली उप–महानगरपालीकाले १ लाख बजेट विनीयोजन गरेपछि थप जनश्रमदान गर्दै वडा नम्वर १ का बासीन्दा डोजर लगाएर अतिक्रमण हटाउन आफै कस्सिएका हुन ।

नक्सामा खोलाको भाग ३० देखी ६० फिट सम्म फराकीलो छ तर फिल्डमा भने दुवै पट्टीबाट अतिक्रमण भएर ८ फिटसम्म साँघरिएको छ । खोला साँघेरिदै गएपछि, सो क्षेत्रका बासीन्दा प्रत्येक बर्षातमा डुवानको समस्या झेल्दै आएका थिए । डुवानले घरको झ्यालबाट पानी निस्कीन थालेपछि बाध्य भएर डोजर लगाएर अतिक्रमीत खोला फराकीलो बनाउन परेकोस्थानीय विनोद हमालले बताउनुभयो ।

विगत ५ बर्षदेखी स्थानीय बासीन्दाले अतिक्रमण हटाई खोला फराकीलो पार्न उप–महानगरपालीकालाई गुहार्दै गए तर उप–महानगरपालीकाले टेर पुच्छर नलगाएको उनीहरुको आरोप छ । धनगढी उप–महानगरपालिकाले चालू आर्थिक वर्षको योजनामा नाला व्यवस्थापनका लागि एक लाख बजेट विनियोजन गरेपछि स्थानीयले उपभोक्ता समिती गठन गर्दै अतिक्रमीत क्षेत्र खाली गर्न सुरु गरेका हुन् ।

यस अघि उप–महानगरपालीका स्थानीयको अवरोध हुने गरेका कारण अतिक्रमीत क्षेत्र खाली गर्न निकै चुनौती भएको भन्दै पन्छीदै आएको थियो । तर अहिले स्थानीय आफै अतिक्रमण हटाउनका लागी कस्सीएपछि उप–महानगरपालीका अतिक्रमण हटाउन साच्चीकै उदासीन भएको पनि पुष्टी भएको छ ।

स्थानीयले नापी कार्यालयबाट अमिन बोलाएर खोलाको वास्तवीक सिमाना निर्धारण गराएका छन् । अमिनबाट निर्धारण गरीएको सिमाना अनुसार धेरैको पक्की पर्खाल भत्काउन पर्ने देखीएको छ ।

तर अतिक्रमणकारीबाट केहि अवरोध हुन सक्ने भन्दै परिश्रमटोल र लक्ष्मीनगरका बासीन्दा अन्य काम छोडेर दिनभरी अतिक्रमण हटाउने कार्यमै जुटेका हुन्छन् । बर्षेनी डुबानको समस्या दोहोरिन थालेपछि नाला व्यवस्थापनका लागि आफै जुटेको ै उपभोक्ता समितिका अध्यक्ष सुवाश चन्दले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved