This is a test

क्यास्पियन को उपाधीका लागी ऐश्वर्या र कैलाली विद्या निकेत भिड्ने

0

धनगढी, माघ ११ गते ।

धनगढीमा जारी क्यास्पियनको उपाधीका लागी ऐश्वर्या विद्या निकेतन र कैलाली विद्या निकेत भिड्ने भएका छन् । बुधबार भएका सेमिफाइनल खेलमा विजयी हुँदै साविक विजेता ऐश्वर्य विद्यानिकेतन र कैलाली विद्या निकेतन फाइनलमा प्रवेश गरेका हुन् ।

बधबार भएको पहिलो सेमीफाईनलमा ऐश्वर्यले ज्ञान निकेतन इङ्लिस स्कुललाई ३ रनलको झिनो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । यसैगरी बुधबार नै भएको अर्को खेलमा स्टेपिङ स्टोन लाई ६ रनले पराजित गर्दै कैलाली विद्या निकेतन पनि उपाधी नजिक पुगेको हो ।

उपाधिका लागि ऐश्वर्य विद्यानिकेतन र कैलाली विद्यानिकेतन विच शुक्रबार १२ बजे फाप्ला क्रिकेट मैदानमा खेल हुने छ । प्रतियोगिताको विजेताले नगद २५ हजार, उप विजेताले १५ हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved