This is a test

क्यास्पियन कपमा ऐश्वर्यको ह्याट्रिक

0

धनगढी, माघ १३ गते ।

लगातार तेश्रो पटक उपाधी हात पार्दै ऐश्वर्य विद्या निकेतनले क्यास्पियन कपमा ह्याट्रिक गरेको छ । शुक्रबार भएको फाइनल खेलमा ऐश्वर्यले प्रतिद्वन्दी कैलाली विद्या निकेतनलाई १० रनले पराजित गर्दै नगद २५ हजार, ट्रफी र प्रमाणपत्र पाएको हो । टस जितेर पहिला ब्याटिङ गरेको ऐश्वर्यले निर्धारत १६ ओभरको खेलमा ८ विगेट गुमाउँदै ७६ रन जोड्यो ।


बलिङ तर्फ कैलाली विद्या िनकेतनका दिपेन्द्र रोकायाले व्यक्तिगत ४ विगेट हातपारे । ७७ रनको लक्ष्य सहित मैदान उत्रेको कैलाली विद्यानिकेतनले पुरै ओभर खेलेर सबे विकेट गुमाउँदै ६६ रनमामा समेटीयो । प्रतियोगिताका म्यान अफद सिरिजको उपाधी ऐश्वर्यका प्रदिप विष्ट, उत्कृष्ठ बलर ऐश्वर्यकै विमल कठायत भए भने उत्कृष्ठ ब्याट्सम्यान कैलाली विद्यानिकेतनका प्रकाश शाह घोषित भए ।

दोश्रो स्थानमा चित्त बुझाएको कैलाली विद्यानिकेतनले नगद १५ हजार सहित ट्रफि तथा प्रमाण पत्र प्राप्त गरेको छ । कैलाली क्षेत्रनम्बर ५ का प्रदेस सांसद डिल्लीराज पन्तको प्रमुख आतीथ्यमा भएको कार्यक्रममा खेलाडीहरुलाई पुरुष्कार वितरण गरीएको छ । धनगढी स्थीत क्यास्पीयन एकेडेमीको आयोजनामा प्रतियोगीता भएको हो

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved