This is a test

को बढी राष्ट्रबादी छ भनेर डिएनए टेष्ट गर्न नयाँ शक्तिका संयोजक डाक्टर बाबुराम भट्टराईको चेतावनी

0

एफ एम संम्वाददाता, १४ चैत्र ।


पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले आफु नेपाल एकीकरणमा पृथ्बीनारायण शाहको अभियानमा सहयोग गर्नेहरुको सन्तान भएको बताउदै कसमा कति राष्ट्रिता छ भनेर डिएनए परिक्षण गर्न चुनौती दिनु भएको छ ।

उहाँले, महाकाली बेच्ने, अर्काको ईसारामा चल्नेहरुले बढी राष्ट्रियताको कुरा गर्ने गरेको बताउनुभयो । नयाँशक्ति पार्टीको हिमाल पहाड तराई राष्ट्रिय अभियानका क्रममा आईतवार धनगढीको पार्कगेटमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले, नयाँशक्ति पार्टी मधेसका समस्याहरु सुल्झाएर चुनाव हुनुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले, सबैले चुनावमा सहभागि हुने गरी सहमति गरेर तीन वटै तहको चुनाव हुनुपर्ने बताउनुभयो । नेता भट्टराईले, नयाँशक्ति पार्टी चुनावमा जितेर जनताको आर्थिक समृद्धीको ईच्छा पुरा गर्ने बताउनुभयो ।

यसअघि आईतवार विहान धनगढीमै पत्रकारहरु सँगको भेटघाटका क्रममा नेता भट्टराईले, भारत असल छिमेकी हो भने उसले पुर्नवास घटनामा माफि मागेर गोविन्द गौतमको परिवारलाई क्षतीपुर्ती दिनुपर्ने बताउनुभयो ।

उहाँले सरकारमा रहेका दलहरुले, आफ्तो सत्ता जोगाउनका लागि भारतलाई यस घटनामा झुकाउन नसकेको आरोप लगाउनुभयो । कार्यक्रममा नयाँ शक्ति संसदीय दलकी नेता गंगा चौधरी, नेता नवराज सुबेदी, अभिनेत्री करिष्मा मानान्धर लगायतले सम्बोधन गर्नुभएको थियो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved