This is a test

कैलालीमा स्क्रव टाईफसका विरामीहरु वढ्दै

0

सीताराम ओझा, धनगढी १५ भदौ ।

कैलालीमा स्क्रव टाईफस रोगको संक्रमण फैलिएको छ । साउन महिनामा मात्रै सेती अञ्चल अस्प्तालमा उपचारका लागि ३३ जना आएका छन । तर अञ्चल अस्पतालमा जाँच गर्ने किट नभएका कारण विरामीहरु निजि ल्यावहरुमा डेढ हजार रुपैया तिरेर स्क्रव टाईफसको परीक्षण गर्न वाध्य भएका छन । सरकारले निशुल्क उपलव्ध गराउने किट नभएका कारण विरामीहरु मारमा परेका हुन ।

सेती अञ्चल अस्पातलमा उपचारका लागि आएका मध्ये एक जनाको मृत्यु भईसकेको छ भने १२ जनाले आईसियुमा उपचार गराएका छन । किट अभाव भएका कारण गम्भीर प्रकृतिका विरामीहरुलाई मात्रै जाँचका लागि वाहिर पठाउने गरिएको अस्पतालकी मेडिकल वाड ईन्चार्ज यशोदा ढकालले बताउनुभयो । अघिल्लो आर्थिक वर्षमा स्क्रव टाईफसवाट एक सय ५० जना विरामी भएकोमा चालु आर्थिक वर्षको एक महिना मात्रै ३४ जना विरामी पाईएपछि स्थिति विकराल देखिएको छ ।

सेती अञ्चल अस्पतालमा उपचारका लागि आएका मध्ये फुलवारीकी एक जना महिलाको मृत्यु भईसकेको छ भने १२ जनाले सघन उपचार कक्ष्म आईसियुमा उपचार गराएका छन । सरकारी स्वास्थ्य संस्थामा निशुल्क हुने जाँचका लागि डेड हजार रुपैया तिरिरहँदा पनि विरामीहरुले राम्रो उपचार पान सकेका छैन । अस्पतालले भने चालु आर्थिक वर्षमा अहिलेसम्म किट नआएको र आगामी शुक्रवारसम्म किट आईसक्ने जनाएको छ ।

अस्पातलका मेसु डाक्टर सजन केसीले किट मगाउनका लागि प्रयास गरिरहेको र शुक्रवारसम्म धनगढी पुगिसक्ने बताउनुभयो । यो रोग लागेमा अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, विभिन्न ठाउँमा रातो डाबर आउने चिकित्सकले बताएका छन् । मुख्य गरी एक प्रकारको संक्रमित किर्नाले टोकेमा यो रोग लाग्छ ।

यो जुम्रा जस्तै तर सूक्ष्म हुन्छ । मुसाको कानमा बस्ने अथवा यस्तै जीवजन्तुमा बस्छ । त्यसबाट घाँसपातमा झरेको बेलामा मानिस बस्दा यो किर्ना सर्ने र त्यसले टोकेमा रोग लाग्छ । समयमै उपचार पाएमा यो रोग निको हुने गरेको भएपनि उपचारमा लापरवाही भएमा शरिरका विभिन्न अंगहरुले काम गर्न छोड्ने वरिष्ठ फिजिसियन डाक्टर शुभेषराज कायस्थले बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved