दीपक जोशी, धनगढी १६ भदौ ।

प्रतिनिधि सभाको एक निर्वाचन रहेको स्थानमा प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहने संबैधानीक ब्यवस्था बमोजिम कैलालीमा प्रतिनिधि सभाका लागि ५ र प्रदेश सभाका लागि १० ओटा निर्वाचन क्षेत्रको सिमा निर्धारण गरिएको छ । निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिबेदन अनुसार कैलालीको क्षेत्र नम्ब १ मा प्रतिनिधि सभाका लागि टिकापुर नगरपालिका, जानकी गाउपालिकाको वडा नमबर १, ३ ४, ६ र ७, भजनी नगरपालिकाको वडा नम्बर ६ र ८ र जोशीपुर गाउपालिकाका सबै वडालाई समेटिएको छ ।
त्यस्तै जानकी गाउ पालिकाको वडा नम्बर २, ५, ८ र ९, लम्कीचुहा नगरपालिका, बर्दगोरीया गाउपालिका र मोहन्याल गाउपालिकाको १, २, ३, ४ ६ र ७ नम्बर वडालाई समेटिएर प्रतिनिधि सभाको निर्वाचन क्षेत्र नम्बर २ निर्धारण गरिएको छ । यता भजनी नगरपालिकाको १ २ ३ ४ ५ ७ र ९, घोडाघोडी नगरपालिकाका सबै वडा , कैलारी गाउपालीका १ २ ३ ४ ५ ७ र ८ नम्बर वडालाई मिसाएर प्रतिनिध सभाको तिन नम्बर क्षेत्र निर्धारण गरिएको छ भने मोहन्याल गाउपालिकाको वडा नम्बर ५, गौरीगंगा नगरपालिका, चुरे गाउपालिका र गोदावरी नगरपालिकालाई समेटेर निर्वाचन क्षेत्र नम्बर ४ निर्धारण गरिएको छ ।
यस्तै धनगढी उपमहानगरपालिका र छिमेकी कैलारी गाउपालिकाका ६ र ९ नम्बर वडालाई मिसाएर निर्वाचन क्षेत्र नम्बर ५ निर्धारण गरिएको छ । प्रदेश सभाका लागि भने जानकी गाउपालिकाको १ ३ ४ ६ र ७, जोशीपुर गाउपालिका र भजनी नगरपालिकाको ६ र ८ नम्बर वडामा निर्वाचन क्षेत्र नम्बर १ को पहिलो प्रदेश सभाको सिमा निर्धारण गरिएको छ भने टिकापुर नगरपालिकाका सबै वडा समेटेर दोस्रो प्रदेश सभाको सिमा निर्धारण गरिएको छ । यस्तै लम्की चुहा नगरपालिका १ २ ३ ४ ५ ७, मोहन्याल गापा ६ ७ जानकी गापा २ ५ ८ र ९ लाई जोडेर २ नम्बर क्षेत्रको पहिलो प्रदेश सभा र बर्दगोरीया गाउपालिका, लम्की चुहा ननरपालिकाका ६ ८ ९ १० नम्बर वडा र मोहन्याल गाउपालिकाका १ २ ३ ४ नब्मर वडा समेटेर दोस्रो प्रदेश सभाको सिमा निर्धारण गरिएको छ ।
भजनी नगरपालिकाका १ २ ३ ४ ५ ७ ९ र कैलारी गाउपालिकाका १ २ ३ ४ ५ ७ ८ नम्ब्र वडा समेटेर तिन नम्बर क्षेत्रको पहिलो र घोडाघोडी नगरपालिकाका सबै वडा समेटेर दोस्रो प्रदेश सभाको निर्वाचन क्षेत्रको सिमा निर्धारण गरिएको छ । यस्तै मोहन्याल गाउपालिकाको ५ नम्बर वडा, गौरीगंगा नगरपालिकाका सबै वडा र गोदावरी नगरपालिकाका ८ र ९ र चुरे गाउपालिकाका २ र ४ नम्बर वडा मिलाएर चार नम्बर क्षेत्रको एउटा प्रदेश सभाको सिमा निर्धारण गरिएको छ भने गोदावरी नपा १ २ ३ ४ ५ ६ ७ १० ११ र १२, र चुरे गापा १ ३ ५ ६ वडा मिसाएर अर्काे प्रदेश सभाको सिमा निर्धारण गरिएको छ ।
यता धनगढी उपमहानगरपालिकाको वडा नम्बर ७ ८ ९ १० १२ १४ १५ १६ १७ १८ १९ र कैलारी गाउपालिकाको ६ र ९ नम्बर वडा मिलाएर एउटा प्रदेश सभाको सिमा निर्धारण गरिएको छ भने वडा नम्बर १ २ ३ ४ ५ ६ ११ र १३ लाई मिलाए ५ नम्बर क्षेत्रको अर्काे प्रदेश सभाको सिमा निर्धारण गरिएको छ ।