
दीपक जोशी, धनगढी मंसिर १४।
कैलालीमा बाम गठबन्धनका उमेद्वारको गाडीमा आगजनी गरिएको छ । अज्ञात समुहले आज बिहान साढे ३ बजेतिर निर्वाचन क्षेत्र नम्बर २ को क बाट प्रदेश सभाका उमेद्वार रतन थापाको गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । लम्की चुहा नगरपालिका स्थित थापाको घरपछाडी रहेको ग्यारेजमा राखिएको बा १६ च ६८ ९९ नम्बरको गाडीमा आगजनी भएको हो । उक्त गाडी थापाले चुनावी प्रचारका लागि प्रयोग गरिरहनुभएको थियो । आगजनीमा संलग्नहरुको खोजी भईरहेको ईलाका पहरी कार्यालय लम्कीका ईचार्ज नैन वहादुर साउदले जानकारी दिनुभयो ।