This is a test

जनता आवास कार्यक्रमका लागी लाभग्राही छनौट प्रक्रिया नै सुरु भएन

0

नवराज पनेरु, धनगढी माघ ११ गते ।

चालु आर्थीक बर्षको साढे ६ महिना पुग्नै लाग्दा समेत कैलालीमा जनता आवास कार्यक्रमका लागी लाभग्राही छनौट प्रक्रिया नै सुरु भएको छैन् । गत आर्थीक बर्षमा जनता आवास कार्यक्रम अन्तरगत कैलालीमा अहिले सम्म पनि निर्माण सम्पन्न नभएकाले बेला चालु आर्थीक बर्षमा पनि योजना कार्यान्वयनमा निकै ढिलाई भईरहेको छ ।

कैलालीमा यस वर्ष जनता आवास कार्यक्रम अन्र्तगत गन्धर्ब, वादी, राजी र लोध जातिले घर निर्माणको मौका पाउनेछन् । आर्थीक बर्षको साढे ६ महिना वित्नै लाग्दा समेत अहिले सम्म संकलन भएका आवेदन एकिकृत गर्ने काम पनि नसकीएको आवेदन संकलनको जिम्मा पाएको टिकापुर नगर विकास समितीका खरीदार धनवहादुर भट्टराईले बताउनुभयो ।

पौष १४ गतेबाट जनता आवास कार्यक्रम अन्र्तगत लाभग्राही आवेदन र सर्भेक्षण फारम संकलनको कार्य थालीएकोमा पौष २८ गते सम्पन्न भएको छ । जनता आवास कार्यक्रम अन्तर्गत ४ सय ५० घर निर्माण गरिने भएपनि त्यसको झण्डै १७ गुणा बढि ८ हजारले घर निर्माणका लागी आवेदन दिएका छन् ।

जिल्लामा सहरी विकाससंगै, टिकापुर नगरविकास समिती र सहरी विकासको भजनीमा रहेको साईड कार्यालयले पनि आवेदन संकलन गरेको सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीको भजनी साइड कार्यालयका सव ईन्जीनियर मदन भट्टले बताउनुभयो । जिल्लाभरी संकलन भएका फारामहरु एकिकृत गरीसकेपछि मात्रै छनौटको प्रक्रिया सुरु हुने जनता आवास कार्यक्रमले जनाएको छ । ८ हजार बढिले आवेदन दिएकाले छनौट गर्दा सबैको घरमा पुग्नै पर्ने प्रवाधान रहेको छ ।

त्यसैले चैत महिनाको मसान्त सम्म मात्रै छनौटको प्रक्रिया सकिने सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीका ईन्जीनियर त्रिलोक जोशीले बताउनुभयो । गत बर्ष घर निर्माणका लागी लाभग्राहीले २ लाख १६ हजार पाएकोमा चालु आर्थीक बर्षमा भने साढे तिन लाख पाउने छन् । रकम बढेकाले यस बर्ष इटा पनि एक नम्वरको प्रयोग गरीने सहरी विकासले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved