This is a test

कार्यालय प्रमुख नहुदा समस्या

0

डीबी विष्ट, बझाङ ३१ साउन ।

जिल्ला प्रशासन कार्यलय बझाङमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा सेवा ग्राही मर्का परेका छन् । सोमबार प्रमुख जिल्ला अधिकारी केशब बहादुर थपाको सुरुवा गृह मन्त्रालयमा भए पछी उहाँले जिल्ला छोड्नु भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी टेक सिहँ कुवर भने केही दिन अघि नै जिल्ला प्रशासन कार्यलयको कामका लागी काठमान्डौ गएको जिल्ला प्रशासन कार्यलयका कर्मचारीहरुले बताएका छन् ।

प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी जिल्लामा नहुँदा नागरीकता, पासपोर्ट बनाउन जिल्ला प्रशासन कार्यलय पुगेका सेवाग्राहीहरु रित्तो हात फर्कीनु परेको छ । छोरा र छारीको सनाखत गर्न जिल्ला प्रशासन कार्यलयमा पुग्नु भएका केदारस्युँ गाँउपालीका ९ का करविर बोहराले कार्यालयमा हाकीम नहुदा समस्या भएको बताउनुभयो ।

यस्तै मष्टा गाँउपालीका ३ भातेखोला बाट नागरीकता बनाउन कै लागी जिल्ला प्रशास कार्यलय पुग्नुभएका ६९ बर्षिया झिल्के खड्काले पनी जिल्ला प्रशमसन कार्यलयमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा दुःख पाएको बताउनुभयो । बझाङ जिल्ला सरुवा भएर आउने प्रमुख जिल्ला अधिकारी बुधबार मात्र पुग्ने जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved