This is a test

कार्यान्वयनको चरणमा रहेका योजनाहरुको बारेमा जानकारी

0

धनगढी, मंसिर ०९ गते ।

सहरी विकास तथा भवन निर्माण विभाग डिभीजन कार्यालय धनगढीले कार्यान्वयनको चरणमा रहेका योजनाहरुको बारेमा जानकारी दिएको छ । शुक्रवार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यालयले क्षेत्रीय सहरी विकास आयोजना, सघन सहरी विकास कार्यक्रम र दोश्रो सघन सहरी विकास कार्यक्रम लगायत अन्य कार्यान्वयनका चरणमा रहेका योजनाहरुको बारेमा जानकारी दिएको हो ।

धनगढी उप–महानगरपालीकामा क्षेत्रीय सहरी विकास अयोजना अन्तरगत निर्माण गरीने ४२ किलोमिटर सडक मध्ये १८ किलोमिटर सडकको सर्वे सम्पन्न भएको डिभीजन प्रमुख रविन्द्र बोहराले जानकारी दिनुभयो । यस्तै सघन शहरी विकास कार्यक्रमको दोश्रो चरण अन्तरगत धनगढी उपमहानगरपालिकामा विभिन्न १७ वटा सडकहरु कालोपत्रे गर्न टेण्डर आह्वान भईसकेको उहाँले बताउनुभयो । उहाँले थुप्रै ठुला योजनाहरु रहेपनि कर्मचारीहरुको अभावले योजना कार्यान्वयनमा ढिलाई भईरहेको स्वीकार गर्नुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved