This is a test

कांग्रेस उम्मेद्धवार सहित तिन प्रहरी नियन्त्रणमा

0

प्रकाश सिंह बाजुरा, ०५ आषाढ ।

छेडेदह गाँउपालिका ५ डोगडीका ५५ बर्षिय एमाले सर्मथक हंश रावतको मृत्युको घटनाको छानवीनका लागि ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले कांग्रेस बाट छेडेदह गाँउपालिकाका प्रमुखका उम्मेद्धवार नर बहादुर रावत, स्थानिय शिक्षक पदम रावत र टेक बहादुर रावतलाई नियन्त्रणमा ल्याई छानविन शुरु गरेको जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रमुख डिएसपि दल बहादुर बोगटीले बताउनुभयो ।

तिनै जना लाई घट्ना भएको दिन आईतवार साझ नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक हंश रावतको लाश पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ । नेकपा एमाले बाजुराले घटनाको बास्तवीक छानविन गरि दोषि माथि कार्वाही र राहतको ब्यबस्था हुनु पर्ने भन्दै बिहाना २ घण्टा साँफे मार्तडी सड्क खण्ड चक्काजामा गरेको एमाले प्रचार बिभाग प्रमुख अम्मर खड्काले बताउनुभयो । सत्य तथ्य छानविन नहुदासम्म लाश पोष्र्टमाटम हुन नदिने एमालले जनाएको छ ।

आईतवार दिउसो करिब पौन २ बजेतिर छेडेदह गाँउपालिका ५ डोगडिमा एमाले र काग्रेस बिच झडप भएको थियो । झडप पछि घाइते भएका हंशलाई जिल्ला अस्पताल बाजुरामा ल्याउदै गर्दा बाटोम मृत्यु भएको थियो । सोही झडपमा परि छेडेदह गाँउपालिका ६ बस्ने ४५ बर्षिय कागे्रस कार्यक्रता धन नाथ गम्भिर घाइते भएका थिए । उनको स्थानिय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved