अत्तरीया, मंसिर १२ गते ।
नेपाली कांग्रेस कैलालीले निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिवद्धतापत्र सार्वजनिक गरेको छ । मंगलबार अत्तरियामा आयोजित एक समारोहका बीच नेपाली कांग्रेस क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुनिलकुमार भण्डारी, प्रदेश सभा सदस्यका उम्मेदवार हिरादत्त भट्ट र यज्ञ चौधरीले संयक्त रुपमा प्रतिवद्धतापत्र सार्वजनिक गर्नुभएको हो ।
प्रतिबद्धता पत्रमा सामाजिक बिकास, धर्म संस्कृति र पर्यटन, शिक्षा तथा स्वास्थ्य, युवा रोजगार तथा खेलकुद, कृषि तथा भूमिसुधार, भौतीक पुर्वाधार तथा सडक, सिचाई खानेपानी जलविद्युत तथा तटबन्ध, सुचना तथा संचार, बन तथा पर्यावरण र सुशासन गरी नौ शिर्षकमा आगामी दिनमा सञ्चालन गरिने योजनाहरु उल्लेख गरिएका छन ।
काँग्रेसले क्षेत्र नम्बर ४ मा उत्तरदक्षिण तथा पूर्वपश्चिम सडक सञ्जाल, पहाड र तराईलाई जोडेर चक्रपथ निर्माणमा बढी जोड दिएको छ । प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रमा प्रतिनिधी सभा सदस्यका उम्म्मेदवार भण्डारीले नयाँ संविधानले संघीय, समावेशी, लोकतान्त्रिक गणतन्त्रात्मक नेपाललाई दृढतापूर्वक संस्थागत गरेको चर्चा गर्नुभयो ।