This is a test

कर्णाली नदीमा नुहाउने क्रममा दुई बालक बेपत्ता

0

टीकापुर १२ जेठ ।

कैलालीको जानकी नगरपालीका वडा नम्वर ६ जगतपुरस्थित कर्णाली नदी छेउमा नुहाउने क्रममा दुई बालक बेपत्ता भएका छन् ।

नदीमा नुहाउने क्रममा टीकापुर नगरपालीका २ राजीपुर बस्ने करिव १४ का पारस ठकुल्ला र टीकापुर ५ भगरैया बस्ने करिव १५ बर्षका राजन भण्डारी बेपत्ता भएका हुन् ।

बिहीवार दिउंसो साढे २ बजेतिर कर्णाली नदीमा नुहाइरहेका उनीहरु डुबेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved