This is a test

कञ्चनपुरमा निर्वाचनको तयारी तिब्र

0

बीपी अनमोल, महेन्द्रनगर, १२ जेठ ।


जेठ ३१ गते हुन गइरहेको स्थानीय तह निर्वाचनको कञ्चनपुरमा तयारी तिब्र पारिएको छ । निर्वाचन कार्यालयले निर्वाचनको तयारी तिब्र पारिएको जनाएको छ । निर्वाचनको तयारीका सम्बन्धमा बिहिवार महेन्द्रनगरमा सरोकारवाला निकायसंग आयोजना गरेको छलफल कार्यक्रममा निर्वाचन कार्यालयले तयारीका बारेमा जानकारी गराएको हो ।

निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्रीहरु सदरमुकाम देखी जिल्लामा रहेका हरेक मतदान स्थलसम्म पु¥याउने काम भइरहेको निर्वाचन अधिकृत केशव भण्डारीले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यक्रम जिल्ला भरीमा सञ्चालन भइरहेको छ । आम मतदातालाई कसरी मतदान गर्ने लगायतका विषयमा जानकारी दिने उद्देश्यले जिल्लाभरीमा नै मतदाता शिक्षा कार्यक्रम भइरहेको निर्वाचन अधिकृत केशव भण्डारीले बताउनुभयो ।

निर्वाचनमा खटिने कर्मचारीका विषयमा समेत छनोट भइसकेको र कसलाई कहाँ–कहाँ खटाउने भन्ने विषयमा बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ । पहिलो चरणको निर्वाचनमा धेरै मत बदर भएकाले अहिले मत बदर नहोस भन्नका लागि सचेत गराउने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

यस्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ गते निर्वाचन अधिकृतका कार्यालय स्थापना हुनेछन । निर्वाचनको तयारी अन्र्तगत कञ्चनपुरका १३२ वटै मतदान स्थलको अनुगमनको काम समेत अघि बढाइएको छ । मुख्य निर्वाचन अधिकृत दिवाकर भट्टले महाकाली नगरपालिका र वेदकोट क्षेत्रका केही मतदान स्थलको अवलोकन भइसकेको र अन्य क्षेत्रको मतदान स्थलको समेत अवलोकन भइरहेको बताउनुभयो ।

नर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउनका लागि सुरक्षा निकायले समेत आफ्नो तयारी भइरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाईने काम भइरहेको बताउनुभयो । कञ्चनपुरमा ७ वटा नगरपालिका र २ गाउँपालिका रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved