सीताराम ओझा, धनगढी ७ असोज ।
सेती अञ्चल अस्पतालको औषधी आपुर्तीका लागि हालै गरिएको टेन्डर, औषधी ब्यवसायी दुस्यन्त बस्नेतलाई जोगाउनका लागि रि टेन्डर गरिएको खुलासा भएको छ । यसअघि सस्तो दरमा टेन्डर हालेका बस्नेतले अस्पताल प्रशासनलाई आफुले उक्त दररेटमा औषधी आपुर्ती गर्न नसक्ने भन्दै निवेदन दिएपछि रि टेन्डर गरिएको खुलासा भएको हो । यद्यपी अस्पताल प्रशासनले रि टेन्डर गर्नुको कारण बारे जानकारी दिन मानेको छैन । यसअघि २०७३ सालको फागुन १५ गते भएको टेन्डर बस्नेत र एक अर्को फार्मेसीलाई परेपछि २०७४ सालको बैशाख १५ गते आपुर्ती सम्झौता भएको थियो ।

तर तत्कालीन मेसु अशोह श्रीपाईलीले बस्तु अनुसार आपुर्तीका लागि सम्झौता गराएपछि बस्नेतले सस्तोमा हालेको सामान आपुर्ती गर्नु परेकाले, आपुर्ती गर्न नसक्ने भन्दै निदेवन दिएका हुन । तर बस्नेत सँग गरिएको सम्झौतामा, औषधी आपुर्ती समयमा नगरेमा बजारको दरभाउमा कोटेशनबाट किन्ने सकिने प्रावधान भएपनि, बजारबाट किनिएको औषधी पनि दुस्यन्त बस्नेतकै औषधी पसलबाट किनेर अस्पताल प्रशासन र स्टोश शाखाले भ्रष्टाचार गरेको छ ।
अस्पतालका स्टोर शाखाका प्रमुख जीतबहादुर शाहलाई मोटो रकम दिएर बस्नेतले रि टेन्डर गराएको स्रोतले बताएको छ । साउनदेखि असार मसान्तसम्म औषधी आपुर्ति गर्नका लागि वस्नेतको फर्मले सम्झौता गरे पनि कम मुल्य राखिएका औषधीहरु मात्रै आफ्नो भागमा परेको भन्दै आपुर्ति गर्न नमानेपछि अस्पताल प्रशासनले पुनः टेण्डर गरेको थियो । पुनः गरिएको टेन्डर पनि वस्नेतलाई नै पार्नका लागि अस्पताल प्रशासनले चलखेल गरिरहेको छ । यसअघि तत्कालीन मेसुले बस्तु अनुसार सस्तो दररेट राख्नेलाई त्यही औषधी आपुर्तीका लागि सम्झौता गरेपछि बस्नेत आत्तीएका हुन ।

तर अस्पताल प्रशासनले उनलाई यसपाली खोलीको चार करोडको टेन्डर पार्नका लागि चलखेल गरेको सेती अञ्चल अस्पताल विकास समितीकी अध्यक्ष रिता भण्डारी वमले बताउनुभयो । औषधी आपुर्तिका लागि एक पटक टेन्डर गरि सम्झौता भईसकेका ब्यवसायीले समयमा आपुर्ती नगरे उसको बैंक ग्यारेन्टीबाट औषधी आपुर्ती गरिने प्रावधान छ तर बस्नेतलाई जोगाउन पुनः टेण्डर गरिएको हो । तर अस्पताल प्रशासनसँग पुनः टेन्डर गर्नुको जवाफ छैन ।
दिनेश एफएमलाई १३ दिनसम्म लिखितै दिएको निवेदनका सूचनाहरु पनि दिईएका छैनन । तर बजार दररेटमा किन्न पाउने औषधी पनि बस्नेतबाटै किनेर अस्पताल प्रशासनले चरम भ्रष्टाचार गरिरहेको छ । तर टेण्डर सम्झौता भईसकेपछि औषधी आपुर्तीका लागि १३ पटकसम्म पत्र पठाएको उहाले बताउनुभयो । अस्पतालको लेखा र स्टोर शाखाको मिलोमतोमा वर्षौदेखि वस्नेतका फर्महरुले मात्रै अस्पतालमा औषधी र उपकरण आपुर्तीको टेण्डर पाउँदै आएका छन । सेती अञ्चल अस्पतालमा बस्नेतले चाहे अनुसारको निर्णय हुदै आएको छ ।
यसपाली गरिएको टेन्डरमा पनि तीन वर्ष लगातार वार्षिक डेढ करोढको कारोबार हुनुपर्ने बुँदा नम्बर १८ पनि बस्नेतकै ईच्छामा राखिएको स्रोतको दाबी छ । बस्नेतले फाईदा हुने कुरा मात्रै आपुर्ती गरेको र नोक्सान हुने देखेपछि अस्पताल प्रशासनलाई रकम दिएर भएपनि रि टेन्डर गराउदै आएका छन । बस्नेतलाई यसअघिको समितिले पनि आपुर्ती नगरेको भन्दै कालोसूचीमा राख्ने तयारी गरेकोसेती अञ्चल अस्पताल ब्यवस्थापन समितिका निवर्तमान सदस्य राजेश खातीले बताउनुभयो । औषधी अभाव हुन थालेपछि तात्ने विकास समिती र अस्पताल प्रशासनलाई पनि बस्नेतले अटेरी गर्दै आएका छन ।
बस्नेतले हरेक पटक गठन हुने अस्पताल विकास समितिलाई आफु अनुकुल बनाउने प्रयास गर्ने गरेका छन । तर आफ्नो पालामा पनि बस्नेतले यस्तै बदमासी गरेको सेती अस्चल अस्पताल विकास समितीका पुर्व अध्यक्ष गोविन्द तिमिल्सेनाले बताउनुभयो । बस्नेत र अस्पताल प्रशासनले मिलेमतो गरेर, बजारका अन्य औषधी ब्यवसायीलाई टेन्डरमै सहभागि हुन नसक्न बनाउने टेन्डरमै ठुला ठुला सर्त राख्ने गरेका छन । यसपालीको टेन्डरमा पनि डेढ करोडको कारोबार यस्तै पुनराबृत्ती हो । यद्यपी दिनेश एफएममा समाचार प्रसारण भएपनि त्यो बुँदा भने संसोधन गरिएको छ ।