This is a test

औषधि जोगाउन छाताको प्रयोग

0

प्रकाश सिह, बाजुरा १८ साउन ।


बाजुराको बाह्रविसमा रहेको देवलशैन स्वास्थ्य चौकिमा औषधि जोगाउन कोठा भित्र छाताको प्रयोग गर्ने गरीएको छ ।स्वास्थय चौकिको भवन जिर्ण हुदा पानि चुहिएर औषधि बिगार्ने भएकाले छाता ओडाएर औषधि बचाउने गरेको स्वास्थ्य चौकीका ईन्चार्ज कुल बहादुर रावलले बताउनुभयो । बिस बर्ष पहिले निर्माण भएको भवन मर्मत नहुँदा पानि परेको दिन चुहिने गरेको छ ।

भवन अभाबमा उपचारमा पनि समस्या भएको उहाले बताउनुभयो । ८ बर्ष पहिले गाबिसले बनाएको भवन समेत चुहिने गरेको छ । जिर्ण भवन र भवन अभावले स्वास्थ्य सेवा समेत प्रभाबित हुने गरेको अनमि साबित्री शाहिले बताउनुभयो । बाह्रबिस स्वास्थ्य चौकी जस्तै जिल्लाका अधिकांश स्वास्थ्य संस्थामामा भवन नहुदाँ उपचारमा समस्या भएको छ ।

बाजुरा जिल्लामा २६ वटा स्वास्थ्य चौकी, एउटा प्राथमिक स्वास्थ्य केन्द्र र एउटा जिल्ला अस्पताल गरी २८ ओटा स्वास्थ्य सस्था रहेका छन् । ति मध्ये १४ ओटा स्वास्थ्य संस्थामा भवन अभाब रहेको छ । जिल्लाका, जिल्ला स्वास्थ्य, प्राथमिक स्वास्थ्य केन्द्र, टाटे, मार्तडी, साप्पाटा, पाण्डुसैन, काँडा, डोगडी र रुगिन गाबिसमा रहेका स्वास्थ्य केन्द्रमा मात्र सरकारको नियम अनुसार भवन रहेका छन् ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved