धनगढी, १६ बैशाख ।

फोटो : देवेन्द्र जोशीको फेसबुक बाट
भारतको युपीमा जारी ए.पी.जे अब्दुल कलाम मेमोरीयल रीयल स्टेट फुटबल टुर्नामेन्ट मा सुदुरपश्चिम ११ सेमीफाईनलमा प्रवेश गरेको छ । एक दमै प्रतिस्पर्धात्मक खेलमा सुदुरपश्चिम ११ ले खैरावाद स्पोर्टिङ्ग क्लब यूपीलाई ५÷४ गोल अन्तरले पराजित गर्दै सेमीफाईनल प्रवेश गरेको हो ।
सुदुरपश्चिमलाई जिताउन चेतन थारुले हेट्रीक गरे भने प्रणय अन्जन र विनोद केसीले १÷१ गोल गरे । आज राती ८ बजे हुने सेमीफाईनल खेल्नेमा सुदुरपश्चिम ११ ले बरेलीको, बरेली होस्टेल फुटवल क्लब संग खेल्ने छ ।