नरेन्द्र कार्की, दार्चुला १९ असोज ।
आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमाले दार्चुलाले दुइ वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ । एमाले क्षेत्र नम्बर १ र २ को भेलाले आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको हो । प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ १ जना मात्रै सिफारिस भएका छन् । सांसद एवं केन्द्रीय सदस्य गणेशसिह ठगुन्नालाई प्रत्यक्षतर्फ दुवै क्षेत्रबाट सर्वसम्मत सिफारिस भएका हुन् । प्रदेश सभाको लागि दुवै क्षेत्रबाट सिफारिस नामावली जिल्ला कमिटीमा पठाइएको एमाले प्रचार विभाग प्रमुख खडक बडालले जानकारी दिनुभयो । एमाले जिल्ला कमिटी बैठक असोज २० गते बोलाइएको छ । बैठकले दुवै क्षेत्रबाट आएका नामावली केन्द्रमा सिफारिस गर्नेछ ।
एमालेले प्रदेश सभाका उम्मेदवार छान्यो
0
Share.