दीपक जोशी, धनगढी ०५ बैशाख ।

बैषाख ३१ गते स्थानिय तहको निर्वाचनका लागि गाउ देखी शहरसम्म उत्साह बढेका बेला सरकारमै रहेका दलका केहि नेताहरुका अभिव्यक्तीले चुनाव नहुने होकी भन्ने चिन्ता फैलीएको छ । खास गरी कांग्रेस र माओवादी केन्द्रका जिम्मेवार नेताहरुले मधेसी मोर्चालाई मनाउन चुनाव सार्न सकिने अभिव्यक्ती दिएपछि चुनावका लागि उत्साहित भएका आम जनता अन्यौलमा पर्न थालेका हुन ।
सरकारमै रहेका उपप्रधानमन्त्री कमल थापाले बैषाख ३१ गते चुनाव हुनेका आशंका नगर्न आग्रह गरेकै राती अर्का उपप्रधानमन्त्री विमलेन्द्र नीधिले भने सुरक्षा निकाय र निर्वाचन आयोगको तयारीले मात्रै चुनाव सम्भव नभएको ट्वीट गरेका छन । दुबै उपप्रधानमन्त्रीका थरिथरिका अभिव्यक्तीपछि जनता अन्यौलमा पर्न थालेका हुन ।
उप्रप्रधान तथा स्थानिय विकास मन्त्री कमल थापाले आईतबार टिकापुरमा आयोजीत आम सभामा बैषाख ३१ मा जसरी पनि चुनाव हुने भन्दै ढुक्क रहन आग्रह गरेको भोलीपल्ट कैलाली आएका अर्का उपप्रधान तथा गृह मन्त्री बिमलेन्द्र निधिले सामाजिक संजाल टुईटर मार्फत निर्वाचनका लागि अझै पर्याप्त वातावरण तयार भईनसकेको सन्देश सहितको टुईट सम्प्रेषण गरेपछि आम जनता अन्यौलमा परेका हुन ।
सरकारमा रहेका दुई उपप्रधानमन्त्रीले कैलाली आएर बैषाख ३१ को चुनावबारे दुई थरीका अभिव्यक्ती दिएपछि तोकिएको मितिमा चुनाव नहुने हो की भन्ने चिन्ता आममतदातामा फैलीएको हो । गाँउदेखी शहरसम्मका आम जनताहरु निर्वाचनको माहोलमा होमिसकेका बेला सरकारका मन्त्रीहरुको भिन्न भिन्न अभिव्यक्तीले उत्साहित मतदातामा चुनाव नहुने चिन्ता फैलीएको हो ।
गृहसचिव, शसस्त्र र नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुद सहितका उच्चस्तरीय सुरक्षा अधिकारी बोहेर आईतबार धनगढीमा प्रदेश नम्बर ७ स्तरीय सुरक्षा गोष्ठीमा सम्बोधन गरेकै राती उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले वैशाख ३१ मा हुने स्थानीय निकायको निर्वाचन गराउन निर्वाचन आयोग र सुरक्षा प्रबन्धले मात्रै नपुग्ने भन्दै ट्टीट गरेका हुन ।
गृहमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक संवादमार्फत वातावरण बनाउन आवश्यक रहेको कुरा टुईटरमा उल्लेख गर्नुभएको छ । उहाँले अंग्रेजीमा ट्वीट गर्दै स्थानीय चुनावका लागि निर्वाचन आयोग र सुरक्षा प्रवन्ध गरेर मात्रै प्रयाप्त हुँदैन, निर्वाचन गराउन राजनीतिक वातावरण तयार हुनु पर्छ भन्नुभएको छ ।
मधेसवादी दलहरु पुरानो संशोधन विधेयक फिर्ता लिएर सरकारले संसदमा नयाँ संविधान संशोधन विधेयक दर्ता गरेपछि आन्दोलनमा जाने घोषणा गरिसकेका बेला गृहमन्त्री निधिले निर्वाचनका लागि राजनीतिक वातावरण तयार पार्नु पर्नेमा जोड दिएपछि चुनाव सर्ने संभावना बढी रहेको आकलन गरिएको छ । तर अर्का उपप्रधनमन्त्री कमल थापाले भने आईतवार टीकापुर र सोमबार महेन्द्रनगरमा आयोजित आम सभामा बैषाख ३१ को चुनाव कुनै हालतमा नसर्ने अभीब्यक्ति दिनु भएको छ ।
मधेसी मोर्चाले बैषाख ३१ को चुनावको मिति सार्नुपर्ने अडान लिएका बेला गृहमन्त्री निधिले चुनाव शान्तिपूर्ण ढंगबाट सफल बनाउन असन्तुष्ट दलहरुसँग वार्ता गरेर चुनावबारे सहमति जुटाउनु पर्ने कुरा टुईट गरेपछि सबैलाई सहमतीमा ल्याउन चुनावको मिति सर्न सक्ने संभावना बढेको हो । घरका धुरीमा समर्थक पार्टीका झण्डाहरु फहराईसकेका आम मतदाताहरु भने सरकारले चुनावको मिति सारे निराश हुने देखिन्छन ।