धनगढी, १४ असोज ।
आश्विन शुक्ल दशमीका अवसरमा आज हिन्दु नेपालीहरुको महान चाड विजयादशमी पर्व मनाईदै छ । विजयादशमीमा आश्विन शुक्ल प्रतिपदा अर्थात घटस्थापनामा राखिएको जमरा लगाएर आफुभन्दा ठुलावाट आर्शिवाद लिने चलन छ । घटनस्थापनाको दिन जमरा राखी नवमीसम्म दुर्गा पाठ गरी नवदुर्गा र शक्तिस्वरुपा महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा सहित प्रसादका रुपमा टीका जमरा ग्रहण गरिन्छ । असत्यमाथि सत्यको विजयको खुसियालीका रुपमा मनाइने विजयादशमीमा आफ्ना मान्यजनबाट टीका तथा आर्शिवाद लिने गरिन्छ । दसैँका अवसरमा नविन वस्त्र धारण गर्ने तथा आफ्नो क्षमता अनुसार मिठो कुरा खाने, घर आँगन तथा वस्ती सरसफाइ तथा रङ्गरोगन गर्ने प्रचलन पनि छ । दसैँ पर्वले काम, क्रोध, लोभ, मोह, अहङ्कार, आलस्य, हिंसा र चोरी आदि त्याग्ने सत्प्रेरणा दिने विश्वास गरिन्छ । टीका जमरा लगाउने कार्य कोजाग्रत पुर्णिमासम्म जारी रहन्छ । सोही दिन जमरा विर्सजन गरेपछि मात्रै विजया दशमी सकिने गरेको छ । यस्तै यस वर्षको बडादशैंको टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा परेको छ । बिहान ८ बजेर १ मिनेटमा देवी विसर्जन गर्ने शुभ साइत छ । देवी विसर्जन गरिसकेपछि बिहान ११ बजेर ५५ मिनेटको साइतमा टीका लगाउन उत्तम हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
आज नेपालीहरुको महान चाँड विजयादशमी, टीकाको उत्तम साइत ११ बजेर ५५ मिनेटमा
0
Share.