This is a test

आज कुशे औंसी, बाबुको मुख हेर्ने दिन, आजै १५० औँ मोती जन्मजयन्ती

0

धनगढी ५ भदौ ।

आज भाद्र कृष्ण कुशे औँसी अर्थात बाबुको मुख हेर्ने दिन । पितालाई विशेष सम्मान गरी मनाइँदैछ । यस वर्षको भाद्र कृष्ण औँसी सोमबार परेकाले बिहान उठेर नबोलिकन स्नान गरेमा एक हजार गाई दान गरेबराबरको फल पाइने धर्म ग्रन्थ हेमाद्रीमा वर्णन गरिएको छ । कुशे औँशीका दिन उखेलिएको वा काटिएका कुश १२ वर्षसम्म प्रयोग गर्न मिल्ने कथन लोक व्यवहारमा चल्दै आएको छ । यसैगरी आजका दिन दिवंगत पितालाई तर्पण, सिदा दान र श्राद्ध गरेर एवम् जीवित पिताप्रति आदर सम्मानका साथ मीठो खान तथा राम्रो लगाउन दिई बाबुको मुख हेर्ने पर्व मनाइन्छ ।

यस्तै आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५० औँ जन्मजयन्ती, विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९२३ साल भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसीका दिन जन्मेका भट्टको विसं १९५३ साल भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो ।

नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनु भएको थियो । मोती जयन्तीकै अवसर धनगढी उपमहानगरपालीका वडा ७ मा रहेको मोतीराम भट्टको शालीकमा माल्यापर्ण गरीएको छ । साहित्यकार यज्ञराज यात्री, मोती टोल संस्थाका अध्यक्ष काली राम कुसमी लगायताले मोती राम भट्टको शालीकमा माल्यापर्ण गनुृभएको हो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved