This is a test

अस्पताल परिषरभीत्रै प्लाष्टीकजन्य फोहर जलाउन रोकिएन, विरामी र स्थानीय हैरान

0

दीपक जोशी, धनगढी ५ भदौ ।

अस्पताल भित्रको फोहर र दुर्गन्ध हटाउन नसकेर आलोचना खेपिरहेको सेती अञ्चल अस्पतालले प्लाष्टीकजन्य फोहर समेत अस्पताल परिषरमै जलाएर मानव स्वास्थ्यमाथी गम्भिर खेलवाड गरिरहेको छ । अस्पतालको फोहरले नाक थुन्नुपर्ने अवस्था र त्यसैमा प्लाष्टीक समेत भीत्रै जलाउने गरेपछि बिरामी, तिनका कुरुवा सहित आसपासका वासिन्दा र बटुवाहरु समेत अप्ठेरोमा परेका छन । प्लाष्टीकजन्य फोहरको व्यवस्थापनका लागि अञ्चल अस्पतालले ईलेक्ट्रोनिक मेसिन खरिद गर्ने कुरा एक बर्षदेखी चर्चामा रहेपनि त्यसको प्रक्रिया अगाडी बढ्न सकेको छैन ।

अस्पताल भित्रबाट निस्कीने प्लाष्टीकजन्य फोहरहरु अञ्चल अस्पतालका सरसफाईकर्मीहरुले अस्पताल परिषरमै जलाउने गरेपछि वातावरण प्रदुषीत भएको छ । लामो समयदेखी प्लाष्टीकजन्य फोहर अस्पतालको परिषरमै जलाउने गरेपछि वातावरण प्रदुसीत हुदा मानवस्वास्थ्य माथि गम्भिर असर परिरहेको छ । अस्पताल पुगेका बिरामीका कुरुवाहरु बिरामीको उपचार हुने ठाउमा प्लाष्टीक जलाएर मानव स्वास्थ्य माथी गम्भीर खेलवाड भईरहेको बताए ।

अञ्चल अस्पतालका सरसफाईकर्मीहरुले लामो समयदेखी प्लाष्टीकजन्य फोहर अस्पतालको पछाडीपट्टी रहेको शवगृह नजिक जलाईदिने गरेका छन । फोहर उठाएर लैजाने गरेको धनगढी उपमहानगरपालिकाको टिपर कहिले आउने कहिले नआउने गरेका कारण अस्पतालमा जम्मा भएको फोहर जलाउनुपरेको सेती अञ्चल अस्पतालका स्वीपर चन्द्र बहादुर बिकले बताउनुभयो ।

प्लष्टीकजन्य पदार्थ जलाएको दुर्गन्धले वरपरका वासिन्दाहरु झनै समस्यामा परेका अस्पताल छेउमा होटल व्यवसाय संचालन गरिरहनुभएकी हिरा भट्टराइले बताउनुभयो । प्लाष्किजन्य पदार्थ खुलामा जलाउनु हुदैन भन्ने कुरा अस्पतालका सरसफाईकर्मीहरुलाई कसैले पनि बताएको छैन । यसअघि पनि अस्पतालले प्लाष्टीकजन्य फोहर जलाएर दुर्गन्ध फैलाएको बिषय नउठेको भने होईन ।

दिनेश एफएमले यस अघि पनि प्लाष्टीक जन्य फोहर जलाएर मानव स्वास्थ्यमाथी खेलवाड भईरहेको रिर्पाेट प्रसारण गरेपछि अस्पतालले प्लाष्टीकजन्य फोहर नष्ट गर्न ईलेक्ट्रोनिक मेसिन खरिद गर्ने प्रक्रिया अगाडी बढाएको बताएपनि, डेढ बर्ष हुन लाग्दा समेत मेसिन खरिद हुन सकेको छैन ।

तर अहिले आफुले उक्त मेसिन खरिद प्रक्रिया अगाडी बढाएको अस्पताल व्यवस्थापन समितिकी अध्यक्ष रिता भण्डारी बम दावी गर्नुहुन्छ । राज्यको ठुलो लगानी रहेको सेती अञ्चल अस्पतालमा फोहर व्यवस्थापनको समस्या निकै पुरानो हो । तर हालसम्म अस्पताल सुधार्छाै भनेर व्यवस्थापन समितिमा नियुक्त भएका कसैले पनि फोहर व्यवस्थापनका लागि प्रशंसा गर्नयोग्य काम भने गर्न सक्नु भएको छैन ।

प्लाष्टिक जलाएमा त्यसबाट घातक ग्यास उत्पादन हुने भएकाले प्लाष्टिक नजलाउन विज्ञहरुले सुझाव (अडियो सुन्नुहोस)

वातावरण विज्ञहरुले प्लाष्टिक जलाउ नै नहुने बताएका छन । प्लाष्टिक जलाएमा त्यसबाट कार्बन मोनोक्साईड, डायक्सिन र फ्युरिन जस्ता घातक ग्यास उत्पादन हुने भएकाले घरवरिपरिको पनि प्लाष्टिक नजलाउन विज्ञहरुले सुझाएका छन । यसबाट मानिसलाई क्यान्सर हुनसक्ने सम्भावना रहेकाले सकेसम्म प्लाष्टिक संकलन गरेर प्रशोधनका लागि लैजानेलाई दिनुपर्ने, त्यसो नभए जथाभावि नजलाउन उनीहरुको सुझाव छ । यसैबारेमा सहकर्मी शिबराज भट्टले, जनसंख्या तथा वातारण मन्त्रालयका मेकानिकल ईन्जिनियर तुलसी नारायण महर्जनसँग कुराकानी गरेका छन -:

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved