
माघ १५ –
अष्ट्रेलिया १९ वर्षमुनिको विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । न्यूजिल्याण्डमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया फाईनल प्रवेश गरेको हो ।
१ सय ८२ रनको लक्ष्य अष्ट्रेलियाले ३७ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गरेको हो । अष्ट्रेलियाका जेम्स इडवार्डसले ७२ रन बनाए ।
अफगानस्तानका कुईस अहमदले २ विकेट लिए । पहिले ब्याटिङ गरेको अफगानिस्तानले इकराम अलि खिलको ८० रन मद्दतमा १ सय ८१ रन बनाएको थियो ।
अफगानिस्तानलाई सस्तैमा समेट्न अष्ट्रेलियाका जोनाथन मेर्लाेले चार विकेट लिए ।