नवराज पनेरु, धनगढी ०९ चैत ।
विगत झै यसपाली पनि धनगढीका युवाहरु नयाँ वर्ष २०७४ को शुभ बिहानीसँगै धनगढी दौडाउने अभियानमा जुटेका छन् । अब धनगढी दौडिन्छ भन्ने नाराका साथ बैशाख १ गते धनगढी जेसजिको आयोजनामा हाफ म्याराथनको चौथो संस्करण हुने भएको हो । मंगलबार आयोजित पत्रकार सम्मेलनमा आयोजक धनगढी जेसीजले धनगढी दौडीन्छको चोथो सस्करण बारे जानकारी दिएको हो ।
झण्डै १३ लाख खर्च लाग्ने अनुमान गरिएको हाफ म्याराथनको अवको संस्करणलाई नवजीवन सहकारी संस्था लिमिटेडले मूख्य प्रायोजन गरेको छ । कुनै एउटा क्षेत्रमा मात्रै नभई सबै क्षेत्रमा धनगढीलाई दौडाउने अभियानमा आफूहरु जुटेको जेसीजले जनाएको छ । धनगढी जेसीजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा म्याराथनको आयोजना गर्दै आएको छ । सुदूरपश्चिमको केन्द्रका रुपमा रहेको धनगढी हरेक कुरामा दौडिनु पर्छ’ भन्ने मान्यताका साथ शुरु भएको म्याराथन प्रतियोगीताको चौथो सस्करणका लागी तयारी सुरु गरीएको हो ।
२१ दशमलव २ किलोमिटरको दौड अथवा हाफ म्याराथनको चौथो संस्करणलाई हरेक वर्षझै यो वर्ष पनि वैशाख १ गते नै आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाइ क्रमश नगद ५१ हजार, २५ हजार र १५ हजार पुरस्कार प्रदान गरिने छ । हाफ म्याराथुनको रुट धनगढी रंगशाला, एलएनचोक, धनगढी चौराहा हुँदै गेटामा रहेको सुदूर विस्कुट इण्डष्ट्रिज पुगेर सोही रुट हुदै पुनः रंगशालामा तोकिएको छ ।
हाफ म्याराथुनसगै कर्पोरेट र संचार तथा ट्राईसाईकल म्याराथुनलाई पनि यो वर्ष निरन्तरता दिईएको छ । यी दुवै विधामा प्रथम द्धितीय र तृतीय हुनेलाई क्रमश ५ हजार ३ हजार र २ हजार नगद पुरस्कार दिईने छ । प्रतियोगितामा सहभागीले प्रवेश शुल्क वाफत ३ सय तिर्नु पर्नेछ भने झण्डै १३ लाख खर्च हुने अनुमान गरीएको छ । बचत भएको रकमबाट धनगढीमा मोवाईल शौचालय राखीने प्रतियोगीता संयोजक तथा धनगढी जेसिजका कार्यकारी उपाध्यक्ष सुरज गिरीले बताउनुभयो ।
कुनै एउटा क्षेत्रमा मात्रै नभई ब्यापार, पर्यटन, शिक्षा, खेलकुद लगायतका सबै क्षेत्रमा अब धनगढी दौडिन आवश्यक छ भन्ने सन्देश दिन २०७१ सालदेखी धनगढी दौडीन्छ भन्ने मुल मन्त्रका साथ हाफ म्याराथुन आयोजना गरीदै आएको हो । युवाहरु लाई यस क्षेत्रको समग्र विकासमा अग्रसर गराउदै विकासका संभावनाहरुलाई उजागर गरी उद्योग व्यवसायहरु प्रर्वद्धन गर्न सहयोग गर्ने उदेश्यले प्रतीयोगीताको आयोजना गरिएको धनगढी जेसिजका अध्यक्ष टेक राज पनेरुले बताउनुभयो ।
सरकारी स्वामीत्वको खेलकुद र क्षेत्रीय खेलकुद विकास समितीले गर्न नसकेको प्रतियोगिता धनगढी जेसिजले गरिरहेकोले यसलाई सवै मिलेर सफल पार्नुपर्ने कैलाली जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंहले बताउनुभयो ।
अब धनगढी दौडीन्छ……………………!
0
Share.