This is a test

अखण्ड नेपाल पार्टीद्धारा चुनावमा भाग नलिने घोषणा

0

नरेन्द्र कार्की, दार्चुला ०३ आाषढ ।

अखण्ड नेपालले दोस्रो चरणमा हुने स्थानीय तह निर्वाचनमा भाग नलिने घोषणा गरेको छ । अखण्ड नेपाल ७ नम्बर प्रदेश इन्चार्ज आरविएस ठगुन्नाले शनिबार दार्चुलामा पत्रकार सम्मेलनको आयोजना गरि चुनावमा भाग नलिने घोषणा गर्नुभएको हो ।

राष्ट्रलाइ टुक्रा टुक्रा पार्ने खेल अन्तरगत अहिले प्रदेश नम्बर २ को निर्वाचन असोज २ गते लाई सारिएको, निर्वाचनको तयारी भइसकेपछि तिथि मिति बदलेर सरकारले देश टुक्रयाउन खोजेको आरोप लगाउँदै निर्वाचनमा भाग नलिने घोषणा गरेको हो । अहिलेको सरकारको रवैया छिमेकी खुसी पार्न प्रदेश नम्बर २ लाई उपहार प्रदेश बनाउन खोजिएको अखण्ड नेपाल पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश संयोजक ठगुन्नाको आरोप छ ।

हामी प्रदेश नम्बर १, २, ५, र ७ नम्बरका कुनै पनि स्थानीय तहको चुनावमा भाग लिदैनौ, ठगुन्नाद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ, राष्ट्यि अखण्डताको अखण्डता भन्दा माथि उठेर अहिलेको अवस्थामा चुनावमा भाग नलिने बहिष्कार नीति अपनाएका हौ ।

पत्रकार सम्मेलनमा अखण्ड नेपाल पार्टीका जिल्ला अध्यक्ष चक्रबहादुर वमले दार्चुलाका अधिकाश स्थानीय तहमा उम्मेदवारी घोषणा गरेपनि निर्वाचनमा भाग नलिने बताउनुभयो ।

Share.

Leave A Reply

© Dinesh FM 93.8 MHz. All Rights Reserved